Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक आना फिर्ता गर्ने न्यायाधीश

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

एक आना फिर्ता गर्ने न्यायाधीश

काठमाडौं । निजामती कानुन हेर्ने उपसचिव हुँदा ‘कानुन बमोजिम ठिक छ’ भनेर टिप्पणी उठाएर ललिता निवासको धेरै जग्गा कमिशन खाएका र न्यायाधीश भएपछि एक आना फिर्ता गरेर उन्मुक्ति पाउने हालका न्यायाधीश हुन् विनोदकुमार गौतम । तर उनकै २०६६ चैत २९ को टिप्पणीमा सही गरेर अघि बढाउने सञ्चार सचिव कृष्णबहादुर राउत भने छानबिनका लागि पक्राउ परे । यही टिप्पणीका आधारमा मन्त्रिपरिषदले निर्णय गरेको र ललिता निवासका जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी हुनथालेको थियो । टिप्पणी लेख्ने र अघि बढाउने पक्राउ पर्ने, टिप्पणीमा कानुन बमोजिम ठिक छ भन्ने न्यायाधीश भएकाले उनलाई उन्मुक्ती दिने सर्वोच्च अदालतको यो फैसलाबारे आश्चर्य बढेको छ ।