Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेताबिरुद्ध नेताको छिर्की हान्ने चाल, देश बेहाल

०८ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

३२ सिटे माओवादीलाई ८९ सिटे ठूलो पार्टी कांग्रेसले बोकेपछि सुरु भएको राजनीतिक अराजकता प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले जसपा र नेकपा स मात्र होइन, संसदवादकै विरोधी विप्लव माओवादीलाई समेत काखी च्यापेर समाजवादी मोर्चा बनाएपछि राजनीतिक बृत्तमा मात्र होइन, कूटनीतिक बृत्तमा समेत तरङ्ग उत्पन्न भएको छ । आफूलाई गोर्खाको चुनाव क्षेत्र छाडिदिने बाबुराम भट्टराईलाई समेत पन्छाएर प्रचण्डले आलोपालो मोर्चाको नेतृत्व हुनेगरी गठन गरेको मोर्चाका कारण नेपालको प्रजातान्त्रिक परिपाटीमाथि नै प्रश्न उठाएको विश्लेषण भइरहेको छ । प्रचण्डको कदमले दिल्लीदेखि वाशिङ्टनसम्म नेपालको चर्चा सुरु भएको छ ।
हुन त चुनावपछि २ वर्ष प्रचण्डले, २ वर्ष कांग्रेसले र अन्तिम चुनावी वर्ष नेकपा सका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने सहमतिमा यो सरकार बनेको हो । यही सरकारलाई बल मिल्ने गरी अदालतले यसअघिका राष्ट्रपतिले थन्क्याइदिएको नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणिकरण गरेपछि परेको मुद्दामा खारेज गरेर सघाएको मात्र छैन, सत्ताधारीलाई चुनाव जित्ने वातावरण पनि बनाइदिएको छ । ताजा संसद बनिसकेको अवस्थामा संसद भएर अघि बढ्नु पर्ने विधेयकलाई अदालतले जसरी सत्ताको पक्षमा फैसला गरिदिएको छ, यसबाट अदालतप्रति जनमानसमा नकारात्मक प्रभाव परेका चर्चाहरु व्याप् भएका छन् ।
राजनीतिले कस्तो बाटो लेला ? राजनीतिक परिदृश् बारुदमाथि उभिन पुगेको छ । जुनसुकै बेला बिस्फोट हुनसक्छ, दुर्घटना पक्का छ भनिदैछ ।