Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संयुक्त सरकार गठन गरौं - बाबुराम

०८ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदको बाँकी कार्यकालका लागि संयुक्त सरकार गठन गर्न माग गरेका छन् । ट्वीटरमार्फत बाबुरामले यस्तो माँग गरेका हुन् । प्रचण्डले जसपा, नेकपा स र विप्लव माओवादीलाई साथ लिएर समाजवादी मोर्चा गठन गरेपछि आत्तिएका बाबुरामले अस्तित्व बचाउनका लागि यस्तो माग गरेका हुनसक्छन् ।
यद्यपि राजनीतिक बृत्तमा प्रचण्डको मोर्चासँग झस्किएको कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गोप्य वार्तालाई अघि बढाएको छ । केही कांग्रेसीले यस्तो सम्भावना न्यून रहेको बताए पनि सभापति देउवाले सिंगापुर बसाई लम्ब्याएको र उनी फर्केपछि प्रचण्ड सरकार ढाल्ने खेल अघि बढ्नसक्ने अनुमान धेरैले गरेका छन् ।
२०७९ को निर्वाचनले कसैलाई बहुमत प्राप्त नभएपछि बनेको प्रचण्ड सरकारले मनपर्दी काम गरेको र कम्युनिष्ट एकतामा बढी ध्यान दिएर बजेटको ठूलो अंश पनि रणनीतिक रुपमा छुट्याएपछि कांग्रेस र एमाले नराम्ररी झस्किएका छन् ।
विश्लेषक भन्छन्– अब यसरी सरकार चल्दैन । डा.बाबुरामका अनुसार ‘बढ्दो अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य÷अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण÷भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन् । यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्तिप्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ ।’ यो चेतावनीलाई ठूला दलले मनन गर्लान् ।