Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रूस र युक्रेनमा नेपाली सैनिक

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

भारतमा भारतीय गोर्खा, बेलायतमा बृटिश गोर्खा, अन्यमुलुकहरूसँग चीनले पनि चाइनिज गोर्खा भर्ति गर्न खोजेको छ भने रूसले पनि रूसी गोर्खा फौज तैयार गरेको छ । नेपाली दूतावासले किन गोर्खाका नाममा नेपाली युवालाई फौजमा भर्ती गरेको भनेर जवाफ खोजिरहँदा पनि रूसले जवाफै नदिइ नेपाली युवालाई धमाधम रूसी फौजमा भर्ती गरेको छ ।
 केही समाचार सार्वजनिक भएपछि रूसी फौजमा नेपाली युवाको प्रवेश भइसकेको र रूसले खतरनाक योजना बनाएको खुलासा भएको छ ।
नेपालस्थित रूसी दूतावासले पर्यटक भिसामा धमाधम युवालाई रूस पठाइरहेको छ भने रूस पुगेपछि नेपाली युवाहरूलाई रूसी फौजमा भर्ती गरिने गरेको स्रोतले जानकारी दिएको छ ।
समाचारअनुसार रूसस्थित नेपाली दूतावासले २०७९ भदौ २८ गते एक ‘जरूरी सूचना’ सार्वजनिक गरेपछि रूसमा नेपाली युवाहरूको अस्वभाविक प्रवेश भइरहेको बुझिन्छ । रूसले सन् २०२२ फेबु्रअरी २४ मा युक्रेनमाथि हमला सुरूगरेपछि नेपालस्थित रूसी दूतावासले नेपाली विद्यार्थी भर्ना र पर्यटक भिसामा युवालाई पठाइरहेको रेकर्डले देखाउँछ ।
नेपाली दूतावासले पत्र लेखेर ‘रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट यस राजदूतावासमा प्राप्त भएको छ ।’ भन्ने उत्सुकताबारे प्रष्ट हुन खोजे पनि रूसले कुनै जवाफ अझै दिएको छैन ।
नेपाली दूतावासले पर्यटकका रूपमा वा अध्ययन गर्ने भनेर रूसी महासंघ आउनेहरूले रूसको कुनै पनि प्रलोभनमा नपर्न युवा र युवाका अभिभावकलाई जानकारी गराएको थियो । दूतावासको यस्तो अपीलको कुनै प्रभावकारिता देखिएन, रूस जाने युवाहरूको बाढी बढ्दै गएको छ ।
स्रोत भन्छ, रूसी सेना हो कि मर्सिनरीका रूपमा भर्ती गरिएको स्पष्ट छैन । गत मे १६ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी फौजमा सहभागी जो कसैलाई एकवर्षभित्र रूसी नागरिकता दिने ऐन जारी गरेका थिए । रूसी नागरिक बन्ने लालसाले नेपाली युवा रूसी सेना हुन आकर्षित भएको हुनसक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । नेपाली युवाप्रति विश्वशक्तिराष्ट्रमा यसरी आकर्षण बढ्नुले नेपाली युवायुवती भनेको निकासी बस्तु नै हुन् त भन्ने गम्भीर प्रश्न उठाएको छ ।
केही युवाहरूले युक्रेनको पक्षमा रूससँग युद्ध लडिरहेको खबर पनि सार्वजनिक भएका छन् । धेरै युवाहरू रूसी सुरक्षामा संलग्न हुन दौडिरहेको पनि देखिएको छ । युक्रेन र रूसको युद्धमा नेपाली युवाको संलग्नताबारे डा.बाबुराम भट्टराईले एक ट्वीट गरेको प्रकाशमा आइसकेको छ । डा.को ट्वीटमा लेखिएको थियो– ‘आफ्नो हातमुख जोड्न युक्रेनमा काम गर्ने यी नेपाली युवालाई रूसी हमलाविरूद्ध युक्रेनको पक्षमा लडेकोमा सलाम छ । नेपाल र नेपाली जनता सधैं शान्ति र न्यायको पक्षमा उभिन्छन् । र, अन्यायी युद्धको विरूद्ध युद्ध गर्न संकोच मान्दैनन् ।’ तर डा.ले रूसी सुरक्षामा पुगेका युवाबारे केही पनि लेखेनन्, मौन रहेका छन् । अचम्म त के पनि छ भने यसरी नेपाली युवाहरू ज्यान जोखिममा पार्दै विदेशी सैनिक हुन आकर्षित भएको विषयमा संसद, सरकार, बुद्धिजीवीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्, मानौं, उनीहरू युवा भनेको विदेशीकै लागि हो भन्ने मनस्थितिमा छन् । धेरै शक्ति र सम्पन्न राष्ट्रले कतै सैनिक, कतै मर्सिनरी, कतै प्रहरी बनाएर नेपाली युवालाई प्रयोग गरेका छन्, नेपालमा चिन्ता चासो छैन ।