Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गमलादेखि अगालोमा धान रोप्ने मन्त्री

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौं । कृषिमन्त्री हुँदा क्रान्तिकारी हरिबोल गजुरेलले गमलामा धान रोपे । अहिलेका नेकपा सका नेता तथा कृषिमन्त्री वेदुराम भुसालले गमलामा रोपेको मकैमा पानी हालेर कृषिक्रान्ति नै गरेका छन् । त्यसअघिका अर्का क्रान्तिकारी कृषिमन्त्री थिए हरि पराजुली । उनले त बौद्धक्षेत्रमा पुगेर रोपाईमा सहभागीमात्र भएनन्, रोपारलाई अँगालै मारेर आफ्नो असमाजिक चरित्रको प्रदर्शन समेत गरेका थिए । थरि थरिका देखिए कम्युनिष्टका कृषि मन्त्री । तैपनि कम्युनिष्टहरू भन्छन्– हामी अग्रगमनकारी हौं ।
यस्तै तरिकाले रहेछ अग्रगमनमा पुग्ने, त्यसैले त परिवर्तनको १८ वर्षपछि पनि एकजना कम्युनिष्ट नेता जनताले वाह भन्ने भएनन् ।
नेपालका कस्ता कम्युनिष्ट हुन् यी जो पदमा पुग्यो कि आँखामा पट्टी बाँध्छन् र जनताको आँखामा भ्रम छर्छन् । त्यसै भारतका एसडी मुनीले यी पनि कम्युनिष्ट हुन्, यी कम्युनिष्ट भएका भए नेपालको परिवर्तन हुने थिएन, यी त कम्युनिष्ट नै होइनन्, कम्युन्यालिस्ट हुन् भनेर भनेको सुनियो ।
पहिलेदेखि अहिलेसम्मका कृषिमन्त्रीले यो कस्तो कृषि क्रान्ति गरिरहेका हुन्, यिनलाई कस्तो स्कूलिङ दिइरहेका छन् पार्टीले । यसरी त कम्युनिष्ट उठ्ने होइन, झर्ने र मैदानमै सुत्ने स्थितिमा पुग्न धेरै कुर्नुपर्ने छैन है ।