Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पोखरा विमानस्थल चीनले नै चलाइदिने

०४ सोमबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौं । चीनको ठेकेदारीमा बनेको गौतमबुद्ध विमानस्थलका लागि भारतले एयर रूट नदिंदा नेपालको लगानी जोखिममा परिसकेको छ । यद्यपि नेपाल एयरलाइन्सले उडान सुरू गरेको छ, अन्तर्राष्ट्रिय उडान आकर्षित हुनसकेनन् ।
चीनकै ऋण सहयोगमा चीनकै ठेकेदारीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुनै विदेशी विमान आएका छैनन् । यति एयरको भयानक दुर्घटनापछि त पोखरा विमानस्थलविरूद्ध भारतले विष बमनकारी प्रचार नै गरिदियो । यसकारण चीनको इज्जत नै धरापमा पर्न थालेपछि भारतलाई देखाइदिनकै लागि चीनले असार ६ गतेदेखि सेचुवान एयरलाइन्सलाई उतार्ने र यसपछि चीनका विभिन्न प्रान्तबाट उडान बढाउँदै लैजाने निर्णय गरेको छ । चीनका पर्यटक र अन्य विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि चीनकै मुख्य प्रायोजनमा असार ७ र ८ गते नेपाल चीन मैत्री ड्रागन बोट रेस फेस्टिवल पोखरामै मनाउने भएको छ । यो फेस्टिबल चीनको रणनीतिक भए पनि पर्यटन वोडका अनुसार पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुग्ने विश्वास छ ।
पाकिस्तानको ग्वादर र श्रलिंकाको हम्बनटोटामा जस्तो डेब्ट ट्य्रापमा नेपाललाई पार्ने कुनै काम चीनले गर्नेछैन भन्ने धेरैको विश्वास छ । किनकि विमानस्थल नचल्दा नेपालले ऋण र ब्याज तिर्न सक्नेछैन । यसैगरी नेपालको पर्यटनमा अभिवृद्धि गर्न चीनले सघायो भने नेपालले ऋण र ब्याज तिर्न सक्षम हुनेछ । जसका कारणले नेपालले तितो अनुभूति गर्न पर्ने छैन भने चीनका लागि समेत सम्मानयोग्य कदम हुनेजानेछ ।
हेरौं, चीनको बीआरआईले नेपालको विकास निर्माणमा कतिसम्मको छलाङ मार्ला ?