Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देशकै इज्जत धुलोपिठो पार्ने प्रकरण

०१ शुक्रबार , असार २०८०३ बर्ष अगाडि

सांसद, सचिव, पूर्वउपप्रधानमन्त्रीसहित १६ जना नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएपछि राजनीति र प्रशासनमा ठूलै हावाहुरी चलेको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरियो भने १४ जना फरार रहेका छन् ।
पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितका १६ जना फैसला सुनेपछि डाँको छोडेर रोएका थिए । यिनीहरुमाथि ठगी, मानवतस्करी गर्ने संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कलंक लागेको छ । जेठ १० मा मुद्दा दायर भएपछि चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए । भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयानले यो प्रकरणमा ठूलै अपराध भएको खुलेको बताइन्छ ।
अभियुक्तहरुलाई कम्तिमा धरौटीमा रिहा गर्नका लागि १ सय १९ जना अधिवक्ताहरु लाइन लागेर अदालतमा बहस गर्न गएका थिए । राष्ट्रविरुद्धको अपराधमा बहस गर्ने अधिवक्ताहरुसमेत जनमानसमा आलोचित बनेका छन् ।
अमेरिका पठाइदिने सपना देखाएर ८७५ जनालाई ठगिएको र ४२९ जना अझै शंकास्पद घेरामा रहेका छन् ।