Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रुस र चीनद्वारा राष्ट्रियसभाका अध्यक्षको प्रयोग

३० मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

रुस र चीनद्वारा राष्ट्रियसभाका अध्यक्षको प्रयोग

काठमाडौं । रुसले राष्ट्रिय सभा अध्यक्षलाई निम्त्याएर नेपाललाई मल, इन्धन, अन्य सहयोग गर्न चाहेको रुस बताएको लगत्तै चीनले पनि निम्त्याएको छ । चीनले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई जन राजनीतिक परामर्श दातृ सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) मा निम्त्याएर अध्यक्ष वाङ हु निङले ‘नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना छ ।’ भनेर बताएका छन् ।
यथार्थमा चीनले योे प्रतिक्रिया राष्ट्रियसभा अध्यक्ष मार्फत नेपाल सरकार र नेपाली राजनीतिक दलहरुलाई मात्र होइन, भारत र अमेरिकालाई समेत सुनाएको हो । स्मरणीय छ, प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण पन्छाएर भारत भ्रमणमा गएपछि चीन रुष्ट भएको छ ।
अध्यक्ष वाङले चीन छिमेकी देशहरुसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ भन्ने सन्देश पनि दिएका छन् ।
चीनले अघि सारेको बीआरआई, ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिम (जीसीआई)मा नेपालको तर्फबाट सक्रिय सहभागिताको अपेक्षा पनि गरेको छ ।
नेपाल सरकारले भन्नुपर्ने सन्देश अध्यक्ष तिमिल्सिनाले भनेका छन् । अध्यक्षले चीनद्वारा स्थलमार्ग र हवाई मार्ग दुबै नियमित सञ्चालन गर्न आग्रह गरेका छन् । साथै तिमिल्सिनाले नेपाल एक चीन नीति प्रति प्रतिबद्ध छ, हामी चीनसँग आर्थिक विकास र पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौँ भनेका छन् ।
विश्वस्त सूत्रका अनुसार चीनको लगानी रहेका विद्युत र अन्य नेपालका विकास आयोजनामा भारतले असहयोग नीति लिएकोमा पनि दुबैपक्षवीच गोप्य छलफल भएको थियो । साथै २०१७ मा सही भएको वीआरआईलाई अझ सक्रिय कसरी बनाउने भन्ने विषयमा विशेष छलफल भएको स्रोतले जानकारी दिएको छ । तिमिल्सिनाको टिमले चीनका विभिन्न सहरको भ्रमण गरेको छ ।
तिमिल्सिनाको टोलीमा केही कर्मचारीलगायत सांसद जीवन परियार, धवल शमशेर राणा, प्रदीप यादव, तथा राष्ट्रियसभा सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी रहेका छन् ।