Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्ड, बाबुराम कारण देखाऊ

३० मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौँ । अनमिनले बालसैनिक, अयोग्य भनेर पन्छाइएका लेनिन विष्टले जनयुद्धकालीन माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले जेठ ३० गते कारण देखाउ आदेश जारी गरेको छ ।
यो आदेशका साथै प्रधानमन्त्री प्रचण्डमाथि नैतिक प्रश्न उठेको छ । हुन त माओवादी नेता देवेन्द्र पौडेल लगायतले यो रिट षडयन्त्रमूलक रहेको दावी गर्दै प्रतिवाद गर्ने बताएका छन् । राष्ट्रसंघका प्रतिनिधि अनमिनले नै अयोग्य लडाका भनेर भनिसकेको सन्दर्भमा पौडेलका प्रतिवादले कुनै लछारपाटो नलाग्ने र अयोग्य लडाकुमात्र होइन, जनयुद्धकालीन फौजदारी अभियोगमा मुछिएका सबैमाथि गम्भीर समस्या उठ्न सक्ने आँकलन सुरु भएको छ ।
बालसैनिक प्रयोग गरेको हो होइन, यसबारे प्रधानमन्त्री र बाबुराम भट्टराईको जवाफ अर्थपूर्ण हुनेछ भने अग्राधिकार प्राप्त गरेको यो मुद्दाले ठूलै राजनीतिक समस्या उठाउने देखिन्छ ।
रिट हाल्ने पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएकोले तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गरेका छन् ।