Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गेरु बस्त्र धारणपछि पशुपतिपथ दर्शन

२७ शनिबार , जेठ २०८०३ बर्ष अगाडि

कम्युनिष्टको छलाङ, गेरुबस्त्र धारणपछि पशुपतिनाथ दर्शन । उज्जैनमा रहेको महाकालेश्वरको पूजालाई सम्पन्न गर्न प्रम प्रचण्डले पशुपतिमा माथा टेकाएका छन् ।
सर्वहारावादी मोहनचन्द्र अधिकारी आजकल बुढ्यौली जीवनको समय रुद्राक्षमाला जपेर बिताइरहेका छन्, जीवनमा गरेका पापबाट मोक्ष प्राप्त होस् भनेर कामना गरिरहेका छन् । ओलीले सुनको जलहरी चढाए । प्रचण्डले महाकालेश्वरलाई रुद्राक्षको माला चढाएर फर्केपछि पशुपतिनाथको दर्शन गरेर जीवनमा भए गरेका महापापबाट मोक्षको कामना गरेका छन् ।
अर्थात् सर्वहारावादी, कम्युनिष्टहरुको अन्तिम समय भगवानको आराधना नै हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि मर्नुअघि भनेका थिए ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ यत्ति कुरा कम्युनिष्टहरुले समयमै बुझिदिउ हिन्दुराष्ट्र र राष्ट्रवासीको कल्याण नै हुनेथियो । शासन र प्रशासनमा बाहुबली, अपराधतन्त्र चल्ने नै थिएन ।
प्रचण्डले भनेका छन्– ‘कतिपयलाई गेरु वस्त्र लगाएर कमन्डलु लगाएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्यो होला। तर म हिड्नेवाला छैन । यसलाई सांस्कृतिक रुपमा बुझ्नदिनुप¥यो । भारत भ्रमणका बेलामा हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन प्रचण्डले धर्मको सहारा लिएको आरोप लागेको थियो  यसबारे प्रचण्डको कथन छ– ‘महाकालेश्वरमा नगए भारतीय जनताको मनमा चिसो पस्ने’ थियो, भारतीयको मन जित्न सफल भएँ ।’
यसरी तीर्थयात्रा सम्पन्न गर्नेमा प्रमका साथमा अर्थमन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समेत सहभागी थिए ।
कम्युनिष्टका आलोचकहरु प्रचण्डलाई स्वार्थका लागि जतिपटक पटि रङ फेर्नसक्ने नेता भनिरहेका छन् । हाम्रो सुझाव छ– प्रचण्डले जे गरे, जीवनवोध गरे । यो विश्वास बढ्दै जाओस् ।