Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चितवनमा चीनको घास उद्योग

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । लामो समयदेखि चितवनमा व्यवसायिक घाँस खेतीमा लगानी गरिरहेको चीनले अब पोखरा र अन्यत्र पनि लगानी बढाउने भएको छ । नेपालमा उत्पादित घाँस चीनमा निकासी बढ्यो भने कृषिक्रान्ति नै सम्भव छ ।
नेपाल पहाडी मुलुक हो । तराई, पहाडमा चीनलाई चाहिने घाँस उत्पादन र निकासीमा चीनका साथै सरकारले पनि विशेष ध्यान दिन जरूरी छ ।
२०२१ देखि नेपालको चितवनमा उत्पादित प्रशोधित घाँस ‘हेलेज’ चीन निकासी जारी छ । चितवन घाँस केन्द्रले पनि निकासीमा सघाएजस्तो गरेको छ । पहिले बिना कानुन निर्यात भइरहे पनि गत वर्षको मंसिर १३ गते देखि मकै, विकासे र जौको हेलेज घाँस चीन निर्यात भइरहेको छ । घाँससँगै रोगका जिवाणु आउला भनेर प्रशोधन गर्ने गरिएको कृषि विज्ञले बताए । नेपालले खोरेतजस्ता जिवाणु नभएको र भिटामिनयुक्त घाँस हो भनेर प्रमाणित गर्नुपर्नेछ ।
धेरैवर्षदेखि चिनियाँ नागरिक चितवनमै बसेर यस्ता घाँस उत्पादन गरेर चीन पठाइरहेका छन् । चिनियाँसँगै नेपाली कृषक पनि उत्साहित बनेका छन् । नेपालसँग घाँस निर्यातको पुरानो रेकर्ड केही छैन । तर नेपाली घाँस तिब्बत गइरहेको लामो समय भयो । निर्यात हुने भएकैले चितवनमा व्यवसायिक घाँस खेती बढेको छ । घाँस निर्यात गर्न नेपालले प्राविधिक अध्ययन पनि गराएको छ ।
नेपाललाई ठूलो परिमाणमा स्याउ बेच्ने चीनले नेपालको जुनार निर्यात गर्न बन्देज लगाएको छ । । घाँसमा चीनको विशेष चासो छ । चीनले २०२५ सम्म वन र घाँस उत्पादन बढाउन १.४२ ट्रिलियन डलर लगानी गरेको छ । चीनले नेपालबाट घाँस किन लगिरहेको छ ? सिगात्सेको कृषि लगानी कम्पनी टियान्यु इन्टरनेशनलले चितवनमा घाँस रोप्न, खरिद गर्न वर्ष दिनमा २.४ मिलियन डलर लगानी गरिसकेको छ । तिब्बतमा ४ सय मेट्रिक टनभन्दा बढी नेपाली घाँस निर्यात भइसकेको छ । हुँदैछ ।
चीनमा घाँस प्रतिकिलो २.६ युआन पर्छ, नेपाली घाँस तिब्बत पु¥याउँदा १.६ युआनमात्र पर्छ । चीनको नेपालमा १ लाख ९८ हजार टन उत्पादन गरेर चीन लैजाने र यसबाट ३० हजार नेपालीलाई रोजगारी दिने योजना छ ।
कृषि मन्त्रालयका प्राविधिक माधव भट्टका अनुसार चीनले २ वर्षदेखि नेपालीसँग मिलेर घाँस उत्पादन गर्दै चीन निकासी गरिरहेको बताए । चीनले नेपालमा घाँसखेतीबाट कृषकको उन्नति हुन्छ भनेर ढोका खोलिदिएको छ । घाँस नगदे बाली बन्न पुगेको छ । नेपाल ग्रिनल्यान्ड मल्टिपरपोज प्रालिले चितवनको प्रेमवस्ती, माडी क्षेत्रमा मकैको हेलेज परीक्षण उत्पादन गरेका छन् । पहिले २० बिगाहपछि थप क्षेत्रमा लगाइएको छ । घाँस निर्यात हुनेभएपछि धेरै किसानहरू घाँस खेती गर्न प्रेरित भएको खबर छ ।
चीनले नेपालका सातै प्रदेशमा घाँसको व्यवसायिक खेती बिस्तार गर्ने योजना बनाएको छ । कृषि मन्त्रालयले पनि घाँस उत्पादनमा सघाउने योजना ल्याएको छ । चीनले नेपाली किसानको घाँस उत्पादन क्षेत्रमै किन्ने योजना बनाउँदा सरकारले घाँसको अधिकतम लाभ दिलाउन कुनै चासो र उद्देश्य राखेको देखिदैन ।
घाँस खेती र निकासीमा नेपाली र चिनिया टियानु इन्टरनेशनलको संयुक्त लगानी छ । घाँस कृषक सावित्री ढकाल भन्छिन्– १० वर्षदेखि घाँस खेती गरिरहेको छु । मागजति घाँस दिन सक्ने कि नसक्ने भनेर सोधिरहेका छन् । सक्छु भन्न सकिने अवस्था छैन । घाँस नगदे बाली बनेको छ, एक सिजनमा ३० टन उत्पादन हुँदा १० लाख आम्दानी हुने गरेको छ ।