Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१० दलीय नेपाली भाजपाको ब्रतवन्ध

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

जनवादी, सर्वहारावादी, प्रजातन्त्रवादीले गेरूबस्त्र लगाए, भोलेबाबाको शरण परे । धर्मले पापको मोक्षमात्र हुँदैन, पाप कर्म गर्नबाट पनि रोक्छ, विवेकको ढोका खुल्छ । यसकारण यो महाकालेश्वरको पूजाआजा र गेरूबस्त्र धारण पाखण्ड सावित नहोस् ।
हिजो मन्दिर भत्काइयो, सालिक तोडियो, पूजारी काटियो, बिस्तारवाद विरूद्ध सुरूङ खनियो । त्यो कच्चा बुद्धि भएका दिन थिए होलान् । जनै धारण गरेर गेरूवा बस्त्रमा महाकालेश्वरका सामु त्वम् शरणम् भइसकेपछि त्यस्तो कुबुद्धि कहिले नआओस् । विश्लेषक, आलोचकहरू भन्छन्– हिन्दुत्व स्वीकार भयो, अब राजतन्त्र पुनस्र्थापना गर्न किन अबेर ? लोकतन्त्रले नयाँ नेपाल निर्माण गर्न सकेन, खेर गएको १६ वर्षको क्षतिपूर्ति होस् ।