Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतादेशका लागि जनादेश छलियो

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

India Nepal News–– नवभारत टाइम्स लेख्छ– भारत–नेपाल एयर रूट पर प्रचण्ड लगाते रहे गुहार, नही पिघला पीएम मोदी दिल, जाने क्या है चीन कनेक्शन । 
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रमण ऐतिहासिक भएको दावी गरे, ब्रेक थ्रु भएको भनेर खुशी पनि प्रकट गरे । तर बौद्धिक जमातमा यो भ्रमण कर्मकाण्डीमात्र हो भन्ने टिप्पणी भइरहेको छ । नेपाल एकपल्ट फेरि ठगियो भन्नेहरू धेरै छन् ।
   हाम्रा प्रधानमन्त्रीले मोदीसँग ३ पटक वान टु वान र सामुहिक वार्ता गरे । तर इपीजी इपीजी रिपोर्ट बुझौं भन्न सकेनन् । १९५० को सन्धिको कुरै उठाएनन् । सार्क शिखर सम्मेलनको उच्चारण गरेको कसैले थाहा पाएनन् । कालापानीबाट सेना हटाउन, सीमामा भारतीय निर्माण रोक्न, लिपुलेक, लिम्पियाधुरा नेपालको हो, अन्य सीमा समस्या समाधान गरौं भनेर प्रस्ताव नै गरेनन् । भैरहवा एयरपोर्टका लागि एयर रूट लिन मनाउन सकेनन् । खुलस्त कुरा भयो, उपलब्धि के भो पत्तै भएन ।
   भारतलाई थाहा थियो, कमजोर प्रधानमन्त्री हुन्, नेपालको अहित र आफ्नो हित गर्न उत्तेजित भएर आएका हुन् । प्रधानमन्त्रीको ४ दिने भ्रमणबारे विश्लेषक भन्छन्–  भ्रमणको आध्यात्मिक, भौतिक, सामरिक दृष्टिमा नेपालले गुमायो मात्र, विजुलीको व्यापार देखाएर फेरि एकपल्ट जनतालाई भ्रमित पारियो ।