Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बल्ल ब्यू“झिए पूर्वराजा, जितेको लोकतन्त्रले हारेको दिन

१५ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । १८ वर्षपछि बल्ल ब्यूँझिए पूर्वराजा । पूर्वराजालाई एउटा उदाहरण–
अलेक्जेण्डरका बाबु फिलिप पनि राजा थिए । उनले एउटा गलत निर्णय गरेपछि बिरोधमा उत्रिएका नागरिकले  अपिल गरे– अन्याय भयो महाराज । राजा फिलिपले जवाफ दिए– मेरो फैसला अन्तिम फैसला हो । अपील लाग्दैन ।
नागरिकले भने– म सुतेको राजा फिलिपविरूद्ध ब्यूँझेका राजा फिलिपसँग अपील गर्छु– फैसला अन्यायपूर्ण छ, सच्याउनु पर्छ । राजा फिलिपले नागरिक आवाज सुने, आफैलाई सच्याए ।
पूर्वराजा ज्ञानेन्द्र शाह १८ वर्षदेखि सुतेका थिए । जनता चिच्याए, अपील गरिरहे, साह्रै अन्याय भयो भनेर ।
पर्वपर्वमा जनअसन्तुष्टिमा आफूलाई उभ्याएका पूर्वराजा अब जनतासँगै उभिन पुगेका जान थालेकाछन् । जनअपील छ– २०६३ पछि परम्परागत कर्मकाण्डी वक्तव्य जस्तो नहोस् यो ब्यूँझाइ ।
राजनीति भ्रष्टिकरण, अपराधिकरण भयो । देशलाई अपराधशाला बनायो । नागरिकले धक फुकाएर लोकतन्त्र, गणतन्त्र जिन्दावाद भन्न नपाउँदै राजतन्त्र जिन्दावाद भन्न बाध्य हुनपुगेका छन् । बल्ल ब्यूँझेका राजाले नागरिकको चित्कार सुन्नुपर्छ, देशको भार बोक्नुपर्छ । भ्रष्ट अपराधीले तर्साउँदैछन्, तर्सिनु हुन्न ।
मुलुक मर्दैछ । बाँचेका पूर्वराजाले मुलुक बचाउनुपर्छ । मुलुक बचे नष्टभ्रष्ट राजनीति सङ्ग्याउन सकिन्छ ।
२०६३ साल वैशाख ११ गते जनआन्दोलनका रूपमा जनयुद्धले समेत जितेको थियो । त्यसपछिका १८ वर्षमा एकदिन पनि परिवर्तनले जितेन । जितेको लोकतन्त्र, गणतन्त्रले हरेक दिन हा¥यो । हरेक क्षण हा¥यो । जनताको विश्वास गुमायो, भरोसा गुमायो । जनताको साथ गुमायो ।
२०७९ सालसम्म पूर्वराजाले नागरिकको हैसियतमा कुरेकै हुन् । आफूसँग गरेका ५ बुँदे सहमतिप्रति राजनीतिक दलहरू जिम्मेवार हुन्छन् भनेर पूर्वराजाले प्रतिक्षा गरेकै हुन् । गत मंसिर ४ को दोस्रो आवधिक निर्वाचनअघि पूर्वराजाले सहमतिका लागि प्रस्ताव पठाएर नेतृत्व तहको ध्यान आकर्षित गरेकै हुन् । पूर्वराजाको यो सदासयतालाई दलहरूले कायरता सम्झे, नेतृत्वतहको अहंकार घटेन । उल्टै कारवाही गर्न सकिने धम्की दिए । झलनाथ खनाल, माधव नेपालमात्र होइन, तेस्रो बरियताका नेताले समेत राप्रपाको अध्यक्ष हुन जाउ कि पार्टी खोल भनेर धम्क्याएकै हुन् । जुन नेता जनताको नजरबाट झरेका छन्, तिनले आलोचना गरेका छन् । पूर्वाञ्चलको सुनसरी, पश्चिमका बाँके, धनगडीमा, जुम्लामा मौसमले साथ नदिए पनि जेठ १३ गते सुर्खेतमा नागरिक अभिनन्दन सम्पन्न भएको छ । अभिनन्दन कार्यक्रमहरूमा नागरिकको जस्तो सहभागिता देखियो, त्यो जनविद्रोहभन्दा कम थिएन ।
सुर्खेतको अभिनन्दन स्वीकार गरेपछि पूर्वराजाले भन्नुभएको छ– ‘आफ्नो पहिचान हाम्रो शान हो आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ पुग्छौ यस्तै आवाज सुन्छौ ।
त्यसैले अब कसरी जाने के कस्तो विधि व्यवस्था अंगाल्ने...भन्ने कुरामा सोच्नै पर्ने वेला आएको छ । अब सोचौं– के गर्दा राम्रो हुन्छ, देशलाई फाइदा हुन्छ । राष्ट्रवादलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।
अब हामी भन्दछौं मिलौं, हामी सबै मिलौं, त्यसैले हामी भन्दछौं जुटौं, हामी सबै एक भएर जुटौं, ..एक साथ अघि बढौं ।’
पूर्वराजाले अघि सरेर राष्ट्रिय एकताको आह्वान गर्ने बाध्यता आइपर्नु भनेको परिवर्तनकारीहरूको हार हो । हा¥यो नेतृत्वले ।