Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुर्खेतमा पनि पूर्वराजालाई सुन्ने लहर उस्तै

१४ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

सुर्खेतमा पूर्वराजाको अभिव्यक्ति– 
    उपस्थित महिला तथा सज्जनवृन्द,
वीरेन्द्रनगर आएर तपाईहरूको न्यानो आत्मीयता पाउँदा मलाई धेरै खुशी लागेको छ । यो सुखद् क्षणमा तपाईहरूले दर्शाउनु भएको स्वागत र सद्भावप्रति म कृतज्ञता व्यक्त गर्दछु । प्राचिन कालमा एक विशाल तालका रूपमा रहेको यो सुर्खेत सुरदेवताको करूणाले पछि उर्वर खेत बनेको भनाई रहेको छ । दैलेख, जाजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ, डोटी अक्षाम र कैलाली गरी नौ जिल्लासंग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आधुनिक वीरेन्द्रनगर बनेको छ ।
आज भन्दा पचास वर्ष अघि नेपालको विकास प्रकृयामा सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दु बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो ।
कर्णाली राजमार्ग, रत्न राजमार्ग, काक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोईली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणा बमोजिम नै अघि  आएका हुन । क्षेत्रीय भ्रमण गरि सञ्चालित विकास कार्यको अनुगमन, निरक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो ।
२०३० को दशक देखि नै शुरू भएका त्यस्ता सुखद सपनालाई दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला सम्म फैलाउँदै फुलाउँदै जानु आवश्यक छ । देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको 
राष्ट्रिय दायित्व हो । यो दायित्वमा निरन्तर संगठीत र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धती हो । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदी जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो । तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधी व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सहि र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ जे जे सुन्छौ र जस्तो जस्तो देख्छौ त्यसबाट थाहा पाउँछौं आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो । नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरूले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन् । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ टिकाउको हुँदैन । हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ ।
अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान हाम्रो शान हो आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौ त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छौ ।
त्यसैले अब कसरी जाने के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजा रूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने वेला आएको छ । अब सोचों के गर्दा देशको राम्रो हुन्छ अब सोची के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।
अब हामी भन्दछौं मिलऔं, हामी सबै मिलव, त्यसैले हामी भन्दछो जुटौ, हामी सबै एक भएर जुटौं, त्यसैले हामी भन्दछौं हामी नफुटी र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौ । त्यसैले फेरी पनि भन्छौ जुटौ खटौ र डटी, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ती एक साथ अघि बढौं ।
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद
     जय नेपाल