Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साझमात्र खुल्ने छिन्ताङदेवी मन्दिर

१४ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

छिन्ताङदेवी मन्दिर- साँझ खुल्छ, आगो कहिल्यै निभ्दैन । मन्दिरै मन्दिरको देशमा अचम्मको मन्दिर हो छिन्ताङ्देवी ।
धनकुटा । शहीदभूमि गाउँपालिकास्थित छिन्ताङदेवी मन्दिर दिनभरि बन्द हुन्छ, साँझपरेपछि पूजाका लागि खोलिन्छ ।
देशैभरिका सबै मन्दिरमा विहानदेखि साँझसम्म पूजाआजा हुन्छ तर अन्य मन्दिरमा पूजा बन्दभएपछि साँझा छिन्ताङदेवी मन्दिरको ढोका खुल्छ । दर्शनार्थीको भीड बढ्न थाल्छ । राति अबेरसम्म पूजाआजा भइरहन्छ । अन्य मन्दिरभन्दा यी देवीको मन्दिर फरक छ । मन्दिर व्यवस्थापनका योगेन्द्र राई भन्छन्– यी साक्षात देवी हुन् ।
छिन्ताङदेवीको दिदीको मन्दिर संखुवासभामा छ, त्यहाँ विहान र दिउँसो पूजा हुन्छ । दिदीको पूजाआजा सम्पन्न भएपछि बहिनी छिन्ताङदेवीको मन्दिर खुल्ने र पूजा सुरू हुनेगर्छ ।
यो मन्दिर परिसरमा अनौठो प्रजातिको रूख छ । यो रूख कुन प्रजातिको हो, वन विज्ञले पनि भन्न सकेका छैनन् ।  यो रूखको छेउमा कर्कलोको पात पनि छ । यो पात कहिले सुक्दैन, कहिल्यै मर्दैन । रजस्वला हुने उमेर समूहभन्दा माथिका महिलालाई यो मन्दिर प्रवेशमा निषेध गरिएको छ । त्यही रूखको फेदमा छिन्ताङदेवीको बासस्थान रहेको जनविश्वास छ ।
सुख्खाग्रस्त क्षेत्र हो यो तर मन्दिर आसपासमा पानीको मूल प्रशस्त छन् ।
मन्दिरमा सुँगुर, खसी बाहेक परेवा, कुखुरा, बोका, हाँस, राँगाको बली चढाइन्छ । यो भन्दिरको विशेषता भनेको यो मन्दिरमा धुनीका रूपमा रहेको आगो कहिले ननिभ्नेगरी बालिने गरेको छ ।