Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

किन हटाइयो डा.रूइतको जीवनी ?

१४ आइतबार , जेठ २०८०३ बर्ष अगाडि

चिकित्सा पद्धति रूइतेक्टोमीका सुरूवातकर्ता डा. सन्दुक रूइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ । पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा.रूइतको जीवनी हटाएसँगै केन्द्रको चौतर्फी आलोचना भइरहेको छ । संभवत नेपालीहरूमध्ये विश्वमै सबैभन्दा चर्चित ब्यक्ति जसलाई विश्वका ठूला ठूला देशका राष्ट्रप्रमुखहरू भेट्न ललायित छन् तिनै डा. रूइतको जीवनीलाई माध्यमिक तहबाट हटाइनुलाई स्वयं विद्यालयका प्रधानाध्यापकहरूलाई निरास बनाएको छ । काठमाडौंको पुतली सडकमा रहेको पद्मोदय स्कुलका प्रधानाध्यापक नारायण गौतमका अनुसार कक्षा १० को जीवनीमा डा. रूइतको जिवनको पूर्ण कथा समेटिएको थियो । यसले नयाँपुस्ताका विद्यार्थीमा स्वदेशमै बसेर पनि राष्ट्रको लागि काम गर्नसक्ने उत्साह बढाउँथ्यो ।
‘नेपालको दुर्गम क्षेत्रको  समान्य परिवारमा जन्मेर पनि आफनो इच्छाशक्ति बलियो भए विश्वप्रख्यात बन्न सक्ने सन्देश डा. रूइतको पाठले नयाँ पुस्तालाई दिएको थियो’ प्रअ गौतमले जीवनीको सन्देश दिँदै भने ‘हालै उनले विश्वको सबैभन्दा ठूलो ईशा अवार्ड पनि पाएका हुन् । माध्यमिक तहमा डा. रूइतको पाठले कम्तीमा नयाँ पुस्ताका युवाहरूमा स्वदेशमै बसेर केहि गर्न सक्ने आँट पलाएको थियो ।’ उनले थपे ‘पाठ्यक्रम विकास केन्द्रमा विज्ञको नाममा बसेका विज्ञहरूको अदूरदर्शीताको उपज हो डा. रूइतको जीवनी हटाइनु ।’ – – Ratna Sansar Shrestha @pakanajole