Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मिसन पूराभो, हँसिया सकियो, हथौडा बन्दैछ

३० सोमबार , कार्तिक २०७२९ बर्ष अगाडि

हँसिया सकियो, हथौडा बन्दैछ
डा.बाबुराम भट्टराई बिभिण्डिएर नयाँ शक्ति खोज्न गोरखादेखि झापा र झापादेखि कञ्चनपुरसम्म दौड लगाइरहेका छन्। बाबुराम बाहिरिएपछि प्रचण्ड नयाँ रणनीतिमा जुटेका छन् र बैद्यसहितका माओवादी झुण्डहरुसँग एकता गरेर एक नम्बरको पार्टी बनाउने योजनामा लागिपरेका छन्। १६ बुँदे सहमति गरेर सत्ताधारी बनेका प्रचण्डसँग एकता तोडियो भनेर फनफनिएका मोहन बैद्य किरण फेरि प्रचण्ड निकट पुगेका छन् र एकताको अवसरलाई राजनीतिक रोपाइँ गर्न असारे भेल छोपेझैं छोप्न अघि सरको छन्। हेरौं के हुन्छ?
एउटा मिसन पूराभो
सभामुखमा ओनसरी घर्ती निर्वाचित हुनु, राष्ट्रपतिमा एमालेकी विद्यादेवी भण्डारी बिजयी भएपछि एमाओवादीका नेता कृष्णबहादुर महरा सबैभन्दा खुशी देखिएका छन्। उनले आफूभित्रको खुशी प्रकट नै गरिदिए– एउटा मिसन पूरा भयो। त्यो मिसन संघीयतामा जानु र मुलुकलाई जातीय, क्षेत्रीय बिखण्डनको बिउ रोप्नु थियो कि संसद कव्जा गर्नुथियो, खुलेको छैन। यद्यपि विश्वले आशंका गरेको छ कि सफ्ट कम्युनिष्ट एमाले प्रधानमन्त्री र राष्ट्रपतिमा पुगेको छ, एमाओवादीले संसदको मुखिया पाएको छ। देशको गृहमन्त्रालयसहितको संवेदनशील मन्त्रालयहरु पनि एमाओवादीकै नेताहरु रहेका छन्। सायद यही मिसन पूरा भएको दावी थियो महराको। १७ हजारको चिहानमाथिको यो मिसन माओवादीका लागि निकै सस्तो देखिदैछ।