Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेता, नीति, पद्धति नै कलङ्कपूर्ण भयो

०८ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” यो नेपालको निशान छापमा अङ्कित रामवाणी हो ।
हिजोको व्यवस्थाको निशान छापमा पनि यही ढुकढुकी थियो, श्रीपेच निकालेर बनाइएको नयाँ निशान छापमा पनि देशको ढुकढुकी यही वाक्य छ ।
यो वाक्य मर्यादा पुरूषोत्तम रामको वाणी हो, राम वाणीको समेत अपमान ग¥यो, यो राज्यप्रणालीले, नेता, नीति, पद्धतिले । राजनीतिक र प्रशासनिक नेतृत्व, शासकीय व्यवस्थाले देशकै अपमान गरायो । अब यो शासन व्यवस्थाको समीक्षा गर्नुपर्छ ।
देशको विदेशनीति, गृह प्रशासन र राजनीतिक नेतृत्व नै नागरिकलाई अनागरिक र शरणार्थी बनाउन उद्दत देखियो । नागरिक पनि बाँच्नका लागि शरणार्थी बनेर विदेशीने अवस्था आयो । योभन्दा देशको अपमान अरू के हुनसक्छ ? योभन्दा पद्धति, प्रणाली, नेतृत्वको असफलता अरू हुनसक्छ ? लज्जा पनि लज्जित भयो ।
यो कलङ्कको भार प्रत्येक शासन प्रशासनका नेतृत्वले लिनुपर्छ । सरकारको नीति कार्यक्रममा यति ठूलो कलंकको चर्चा छैन, सीमाको कुरा पनि छैन । कांग्रेससमेत सहभागी सरकारका लागि राष्ट्रियताको मूल्य समाप्तै भएको हो त ?