Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डलाई माओवादी बन्न सुझाव

०८ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई एकपल्ट फेरि माओवादी बन्न सुझाएका छन् । विप्लवले दिएको सुझाव यस्तो छ– ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो । जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा विद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन् । आज त्यस्तै अनुभुति भइरहेको छ ।  क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको बिरूद्धमा उभिन, साथदिन तयार छौँ । तर कमरेड प्रचण्ड, एकपटक फेरि माओवादीजस्तो बन्नुपर्छ नि ।’
जनयुद्धका १० वर्ष प्रचण्डसँगैका योद्धा विप्लव बैचारिक मतभेदका कारण अलग भएका थिए । अलग भएर विप्लवले गरेको विद्रोह, चुनाव बहिष्कार सफल हुन सकेन । विप्लव अस्थिर छन् तर औंला ठड्याएर क्रान्तिको धारिलो भाषण गर्न भने कहिले चुकेनन् । उनको धार उस्तै छ– जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुनेछ ।
गत आइतबार आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसमा भएको अन्तरक्रिया कार्यक्रममा विप्लवले चर्को अभिव्यक्ति दिएका हुन् ।
बिप्लवले ठिकै भनेका हुन्– जनताका माग र गुनासा नसुन्दाको विरोधमा जनयुद्ध भएको हो, अहिले पनि त्यस्तै स्थिति आइरहेको छ । जनचाहनाअनुरूपका कार्यक्रम नआए बिद्रोह हुनसक्छ । हो, श्रीलंंकामा यस्तै कारणले बिद्रो भएको हो । नेपालकै जनयुद्ध र जनआन्दोलनको सफलता पनि जनअसन्तुष्टिकै परिणाम थियो । परिवर्तनपछिका १६ वर्षमा जनचाहना, जनअपेक्षाको संवोधन हुनसकेन । कुनै दल वा नेताले जनभावनाअनुरूप काम गर्न सकेनन्, यहीकारण जनतामा असन्तुष्टि बढ्दै गएको छ । परिवर्तनको प्रतिफल नपाएकै कारण गणतन्त्रप्रति नैराश्यता बढेर गएको छ । वर्तमान व्यवस्थाभन्दा पहिलेको राजतन्त्रप्रति जनताको हौसिदै जान थालेका छन् । नेतृत्वकै असक्षमताका कारणले राष्ट्र असफल हुने खतरा बढेर जाँदो छ ।