Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गृहमन्त्री र एमसीसीका उपाध्यक्षबीच वार्ता

०६ शनिबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । जेठ ६ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सबीच गृह मन्त्रालयमा भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सबीच एमसीसी कार्यान्वयनमा देखिएका स्थलगत स्थानीय समस्याबारे छलफल हुँदा गृहमन्त्रीले सबै समस्या समाधान गर्ने विश्वास दिलाएका छन् । स्मरणीय छन्, नारायणकाजी एमसीसीका बिरोधी हुन् र पार्टीभित्र यसबारेमा गहन छलफल गर्न बाँकी रहेको जनतालाई बताउँदै आएका नेता हुन् ।
भेटमा ब्रुक्सको चासो एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा सरकारको सहयोग आवश्यक रहेकोमा थियो । गृहमन्त्रीले चिन्ता नलिन आग्रह गर्दै परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको सहयोग रहने बताएका थिए । गृहसचिव दिनेश भट्टराईले पनि आश्वस्त पारिएको जानकारी दिएका छन् ।
अमेरिकी चासोबारे स्रोतले भन्यो– संसदबाट पारित भएर कार्यान्वयनको चरणमा एमसीसी गइसकेपछि नुवाकोट, दाङ् र लप्सिफेदीका स्थानीयले पु¥याएको अवरोध र रुख कटानीमा एमसीसीलाई बदनाम गर्न खोजेको, झलनाथ खनाल, गिरिराजमणि पोखरेलआदिको विरोध किन ? भन्ने विषयमा पनि कुरा भएका थिए । गृहमन्त्रीले सरकार एमसीसी कार्यान्वयन र योजना सम्पन्न गराउन लागिपरेकोले कुनै संशय नगर्न आश्वस्त पारेका छन् ।
एमसीसीका उपाध्यक्ष ब्रुक्स आश्वस्त भएका छन् ।