Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

८७ वर्षमा पात्तिएको हरकत ?

०१ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

१९५९ मा तिब्बतबाट भागेर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका ८७ वर्षका दलाई लामा विवादमा मुछिन थालेका छन् । पछिल्लो समय उनले बच्चालाई जिब्रो चुसाएर बिबादित बनेका छन् भने महिलाविरोधी अभिव्यक्ति दिएर पनि उनी विवादित बन्नपुगे ।
यद्यपि धर्मगुरू दलाई लामा लोकप्रिय छन् । शान्तिका लागि काम गरेको भनेर यिनलाई १९८९ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो । तेन्जिङ ग्यात्सो नामका यी १४औं दलाई लामा हुन् । यद्यपि स्वतन्त्र तिब्बतका लागि सक्रिय भएकाले दलाई लामासँग चीन रूष्ठ छ ।
अन्य मुलुकमा भन्दा तिब्बत स्वतन्त्र गराउन दलाई लामाका अनुयायी नेपालमा बढी सक्रिय छन् । चीन एक चीन नीतिमा प्रतिवद्ध छ, नेपालको पनि यही नीति हो । तिब्बत स्वतन्त्र गराउनकै लागि नेपालमा खम्पा बिद्रोह गराइयो, सफल भएन । बौद्धमा आत्मदाहको घटना पनि भयो । लाजिम्पाटमा रहेको दलाई लामाको अघोषित दूतावास खाङ्सारलाई नेपालले बन्द गराएको लामो समय भए पनि दलाई लामाका अनुयायीहरू संगठित हुँदै गएका छन् ।
नोबेल शान्ति पुरस्कार पाएका धर्मगुरू दलाई लामाको ख्याति छ । तर उनी विवादित पनि बन्ने गरेका छन् ।
बच्चालाई जिब्रो चुम्बन गराएको दृश्यले गत अप्रिल १० देखि दलाई लामाको नकारात्मक चर्चा विश्वभरि फैलिन पुग्यो । जबरजस्ती बालकलाई जिब्रो चुम्बन गराएको भिडियो सार्वजनिक भएपछि दलाई लामाले माफी मागेका थिए ।
सन २०१९ को बीबीसीको एक अन्तर्वार्तामा महिला दलाई लामा ‘ज्यादै आकर्षक हुनुपर्ने’ प्रतिक्रिया दिंदा पनि दलाई लामा आलोचित बनेपछि माफी मागेका थिए । दलाई लामा चीन विरोधी हुनु बुझ्न सकिन्छ तर धर्मगुरू भएर पनि उनले २०१९ मा ट्रम्पको अमेरिका पहिलो भन्ने विषयमा टिप्पणी गर्दा पनि उनको चुक अनुभूति गरियो ।
त्यसअघिको वर्ष २०१८ मा दलाई लामाले महात्मा गान्धीले चाहे जस्तो मोहम्मद अलि जिन्नालाई स्वतन्त्र भारतको प्रधानमन्त्री बनाएको भए भारत र पाकिस्तान अलग हुनु नपर्ने तर्क गरेका थिए । यही अभिव्यक्ति दिंदा लामाले जवाहरलाल नेहरूलाई आत्मकेन्द्रित मानसिकता भएको समेत भन्न भ्याए । भारतभरि यसको तीब्र प्रतिक्रिया गुञ्जियो, बाध्य भएर दलाई लामाले माफी मागेका थिए ।
माओवादी नेताहरूको पश्चिमा लिङ्क
   दलाई लामाका लोदी ग्यालसेनलाई भेटेर उनैमार्फत माओवादी नेताहरूले अमेरिका र पश्चिमा मुलुकतिर सम्पर्क बढाएको खुलासा भएको छ । यद्यपि माओवादी नेताहरू नेपालको एक चीन नीतिमा प्रतिबद्ध भएको देखाउने गरेका छन् । यो पुस्तकमा लेखिएको छ– डा. बाबुराम भट्टराई र वर्षमान पुनले लामाका दूत भेटेर अमेरिकी सम्पर्क बढाएका छन् ।
    अमेरिकाको कोलम्बिया युनिभर्सिटी प्रेसले प्रकाशन गरेको निर्वासित तिब्बती धर्मगुरू दलाई लामाका दूत भएर लामो काम गरेका तिब्बती नेता लोदी ग्याल्जेल ग्यारीको संस्मरणमा उक्त कुरा लेखिएको छ । यो पुस्तकमा वर्षमान पुनले माओवादी शान्ति प्रक्रियामा आएपछि सन् २००८ मा अमेरिकी पासपोर्ट मिलाइदिन सोर्स लाएको लेखिएको छ ।
   डा. बाबुराम भट्टराईले पनि ग्यारीलाई सोर्स लाएर तत्कालीन अमेरिकी विदेश सचिव जोन केरीसँग भेट्ने व्यवस्था मिलाउन आग्रह गरेको पुस्तकमा संस्मरण छापिएको छ ।
‘अल रोड्स लिड नर्थ’ का लेखक अमिसराज मुल्मीले आफ्नो पुस्तकमा पुन र भट्टराईले दलाई लामालाई भेटेको कुरा ट्विटरमा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा जत्तिकै एक चीन नीति भने पनि अन्तर्राष्ट्रिय रूपमा उनीहरूलाई तिब्बती सहयोग चाइयो ।’ टिप्पणी– यसबारे माओवादी तप्का मौन छ ।
बालबालिकाको पुस्तकमै इसाई प्रचार
काठमाडौं । बालबालिकाको पाठ्यपुस्तकमा छापिएका पाठ्यक्रम हो यो । ई भनेको ईसा हो, ईशान ईसालाई सम्झोर प्रार्थन गर्छ । यो पाठ्यक्रमले सिकाउन खोजेको के हो ? यो कस्तो पुस्तक हो ? यो बालबालिकाको पाठ्य पुस्तक हो कि इसाई धर्मको प्रचार ? शिक्षामन्त्री, शिक्षा सचिवसँग शिक्षक, शिक्षाविद, समाजशास्त्री, नागरिक समाज र बुद्धिजीवीहरूले किन प्रश्न गर्दैनन् ? कि इसाई धर्म प्रचारकले यिनलाई पनि डलरमा किनेका छन् ?
पहिले यसरी धर्म प्रचारका तरिकाले पढाइ हुने थिएन । अहिलेका पाठ्यपुस्तकमा यसरी पढाइ हुँदा बालबालिकाको दिमागमा नै ईसाको छाप पर्नजान्छ र धर्मपरिवर्तनको योभन्दा डरलाग्दो प्रचार अरू के हुनसक्छ ? यो अति नै संवेदनशील विषय हुनपुगेको छ ।