Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आरजु राणा र मञ्जु खाण शंकामा

०१ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र बालकृष्ण खाण आआफ्नी श्रीमतीलाई समानुपातिकमा सांसद बनाउँदा नै बिबादित थिए । कांग्रेसका होनहार युवा सांसद र कार्यकर्ताले यो त अति भयो भनेर प्रश्न उठाएनन् ।
तर यिनै दुई महिला भुटानी शरणार्थीको नाममा नागरिक तस्करीमा मुछिन पुगेपछि कांग्रेसभित्र ठूलै मुद्दा बनेका छन् । यहाँसम्म कि पत्रकार लगाएर आरजुले छोराको किरिया खाएर संलग्न छैनन् समेत भन्न भ्याइन् । राणाकालमा तामा तुलसी भकाइन्थ्यो र अदृश्य शक्तिको कहरसँग डराएर भ्रष्टाचारीले सत्य बोल्थे । अहिले त छोराको कसम खाने खुवाउने चर्तिकला पनि देखियो, देखाइयो ।
यसैवीच एउटा प्रश्न उठेको छ– एआईजीले आरजु राणालाई थुनामा रहेका सचिव टेकनारायण पाण्डेसँग किन गोप्य भेट गराएका होलान् ?
श्रीमान थुनामा छन्, मञ्जु खाण बेपत्ता छिन् । कांग्रेस सभापतिले आरजु राणालाई पक्राउ नगर्न दबाब दिएको खबर छ । अर्थात् भुटानी शरणार्थीका नाममा मानव तस्करीको मुद्धा पेचिलो बन्दै गएको छ । प्रचण्ड, देउवा र ओलीको बारम्बारको गोप्य भेटवार्ताले यो मुद्दाका नाममा सबै भ्रष्टाचारका मुद्दा सामसुम पार्ने, अदालतमा भएका र मेलमिलापका विषयसमेत नउठाउने सहमति बन्न लागेको र रामबहादुर थापा, आरजु राणा, मञ्जु खाण, अख्तियार प्रमुख प्रेमराईलाई संरक्षण गर्ने प्रयास भइरहेको आशंका उठेको छ । बल्ल पक्राउ परेका टोपबहादुरको बयान र आरजु र मञ्जुलाई पैसा बुझाएको अडियो कति प्रभावकारी होला ?
८७५ जनाको नाम थप गरेर भएको भ्रष्टाचार काण्डले कसकसलाई जेल पु¥याउने हो ? यो अनुसन्धान विश्वकै चासोको विषय बनेको छ ।