Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फेवातालमा चीनको ड्रागन डुङ्गा

०१ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

चीनको डुङ्गा फेवातालमा देखिने दिन असार ८ गते । यो दिन फेवातालमा पहिलोपल्ट ‘ड्रयागन बोट रेस फेस्टिबल’ हुने भएको छ । यो कार्यक्रम गर्न पोखरा महानगरपालिकालाई चिनियाँ दूतावासले सहयोग गर्ने, सहकार्य गर्ने भएको छ ।
यो महोत्सव २ दिन हुनेछ । यो कार्यक्रमका लागि पर्यटन बोर्डका प्रमुख धनञ्जय रेग्मी र दूतावासका डीसीएम वाङ सिनले सहमति जनाएका छन् ।
पोखरा पर्यटन परिषद् र नेपाल–चाइना ओभरसिज एसोसिएसनले चीनबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गर्दै बढीभन्दा बढी पर्यटक पठाइदिन अनुरोध गरेका छन् । त्यही उद्देश्यप्रेरित हो यो डुङ्गा रेस प्रतियोगिता ।
स्मरणीय छ, चीनको ऋण सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नै निर्माण गरिदिएको हो । जनवरी १, २०२३ मा उद्घाटन भए पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । आन्तरिक रूपमा यति एयरको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति विदेशी चासो कम छ । भारतले पनि यो विमानस्थल सञ्चालन गर्न एयर रूट दिएको छैन । यसकारण पनि चीनले पोखरामा सिधा उडान गर्ने र बढीभन्दा बढी पर्यटक नपठाउने हो भने यो विमानस्थलको अर्थ र औचित्यमाथि मात्र होइन, चीनको नीतिप्रति पनि प्रश्न उठ्ने छ ।
नेपालका परम्परागत र चीनका ‘ड्रागन थिम’ भएका आठ वटा डुङ्गाले दौड प्रतियोगितामा भाग लिनेछन् । ड्रागन थिमका डुङ्गा अर्थपूर्ण रहनेछन् । यसबारे चिनियाँ दूतावासको विश्वास छ– ‘चिनियाँ पर्यटकको रोजाइको गन्तव्य पोखरा ड्रागन बोट रेस फेस्टिबल आयोजना गर्ने दक्षिण एसियाकै पहिलो सहर हुनेछ ।’