Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बीआरआई बोझ बन्न थालेको हो ?

२८ बिहिबार , बैशाख २०८०एक बर्ष अगाडि

सञ्चारमाध्यमहरुमा चीनको बीआरआई बोझ बन्दै गएका विश्लेषण हुनथालेको छ । एक रिपोर्टका अनुसार आगामी वर्ष इटलीले चीनसँगको बीआरआई सहमति नवीकरण गर्ने सम्भाबना न्यून बनेको छ ।
बीआरआईबाट ठोस परिणाम आउन नसकेको र तनाव बढाएकोमात्र होइन, चीनले गर्ने गरेको अपील पनि कमजोर बन्दै गएको छ । यसैवीच जर्मनी चान्सलर ओलाफ स्कोल्जले बीआरआईप्रति असन्तुष्टि व्यक्त गरिसके, यसबाट आर्थिक संकट आउने चेतावनी दिइसकेका छन् ।
रुसको युक्रेनविरुद्ध युद्ध र चीनको नीतिप्रति पश्चिमी प्रतिक्रिया र रुसविरुद्धको प्रतिवन्धले बीआरआईको गति सिमित पारिदिएको छ । बीआरआई अन्तर्गत सहमति गरिएका नयाँ परियोजनाहरुमा आकर्षण घट्न थालेका छन्, बीआरआईप्रति चिनियाँ कम्पनीलाई साझेदार भेट्टाउन मुस्किल पर्दै गएको छ ।
संघईको फुदान विश्वविद्यालयको हरित विकास र वित्त केन्द्रको रिपोर्टअनुसार रुस, अंगोला, श्रीलंका, नेपाल र पेरुलगायत १४ राष्ट्रमा २०२१ को तुलनामा २०२२ मा शतप्रतिशत कमी आएको छ । यसबाट थाहा हुन्छ– बीआरआईको प्रेरणाको डिग्री घट्दै गएको छ । चिनियाँ अर्थतन्त्रमा रियल स्टेट बजार साँघुरिएको छ । जनसंख्या घट्दो छ र उत्पादकत्व बृद्धि हुनसकेको छैन । विश्वभूरणनीतिक वातावरण चुनौतीपूर्ण बन्दै गएको छ । चीन स्वयम्ले यस्ता सकस सामना गर्नु परेको छ ।
कम्युनिष्ट पार्टी अफ चाइनाका लागि पाकिस्तानमा चीनको लगानी ३४ प्रतिशत घटेको छ । अफ्रिकामा चीनको लगानी सबैभन्दा बढी गिरावट आएको छ । पश्चिम एसियामा चिनियाँ लगानीमा कमी आउको छ । इक्वेडरको कोका कोडो सिन्क्लेयर जलविद्युत योजना र अंगोलाको आवास योजना धेरै ठूलो छ तर निर्माणमा त्रुटी देखिएपछि बीआरआई साझेदारहरु चिन्तित बनेका छन् ।
अन्य समस्याहरुमा बढ्दो भ्रष्टाचार र ऋण, आर्थिक समस्या देखाएर चिनियाँ कम्पनीले आयोजना नै रद्द गरेको, ओभर भ्यालुयसन गरेको, लगानी र निर्माणमा अपारदर्शिता बढेको, श्रीलंकाको हम्बनटोटा बन्दरगाह र कोलोम्बो व्यापार केन्द्रजस्ता परियोजनाहरु चिन्ता र समस्याका विषय हुन् । जसले पर्याप्त प्रतिफल दिन सकेनन् ।
एड डाटा २०२१ को रिपोर्ट भन्छ– ३५ प्रतिशत बीआरआईका योजनामा भ्रष्टाचार भएका छन् । श्रम दुव्र्यवहार र वातावरणीय क्षति संलग्न छन् । आमविरोधका कारणले धेरै देशहरुले बीआरआईका ठूला योजना रद्ध वा स्थगित गर्न थालेका छन् । मलेसियाले ११.६ अर्ब डलरको पूर्वाधार योजना रद्द गरिसक्यो । कजाकस्तान र बोलिभियाले १.५ अर्ब डलरको योजना पनि रद्द गरेको छ । कोस्टारिका, सुडान, इथियोपिया, इक्वेडर, जाम्बिया र क्यामरुनले ३–३ बिलियन डलरका चिनियाँ योजना रद्द गरेका छन् ।
कोरोना महामारीका कारणले आर्थिक गतिविधि शिथिल बन्यो, बीआरआई परियोजनाले लाभ दिन सकेनन्, ऋण र ब्याजको भार बढ्यो ।  यसकारण पनि बीआरआईप्रति नकारात्मकता बढ्दै गएको हो । बीआरआईको ऋणभारले ठूलो संकटको सामना गर्ने दुई मुलुक श्रीलंका र पाकिस्तान हुन् ।
ओभरसिज डेभलपमेन्ट इन्स्टिच्यूट, युकेका अनुसार सिनोहाइड्रोले जिम्बाब्बेको कुन्ज्वी बाँध विजुली परियोजनासहित २.४ बिलियन डलरका १५ योजनाको विवरण सार्वजनिक गरेको छ । यी पनि समस्याग्रस्त परियोजना हुन् । बीआरआई परियोजनामा जोखिमबारे चेतना बढ्न थालेको देखिन्छ । अष्ट्रेलियाको लोवी इन्स्टिच्युटको सर्वेक्षण रिपोर्टले इन्डोनेसियालीहरू चिनियाँ लगानीप्रति शंका गर्न थालेका छन् । एक सर्भेक्षण गरेर भनेको छ– दश वर्षभित्र चीन सबैभन्दा खतरनाक देखिने छ ।
चीनभित्रकै र बाह्य विश्वमा बढेको आर्थिक मन्दीले बीआरआईप्रति नकारात्मक प्रभाव बढेको छ । यो सबै बुझेको चीनले बीआरआई विरुद्धका विश्व प्रतिक्रियालाई ध्यानमा राखेर सुधारको प्रक्रिया थालेको देखिन्छ । आश्चर्य त के छ भने चिनियाँ नेताहरुले बीआरआईको सन्दर्भबारे बोल्न कम गरेका छन् । २०२२ मा राष्ट्रपति सी चीनफिङले कुनै पनि कार्यक्रममा बीआरआईको उल्लेखै गरेको देखिएन । बीआरआई शताब्दी परियोजना भन्नेहरु अहिले सुधारका विषयमा चिन्ता गर्न थालेका छन् । विज्ञ भन्छन्– अब बीआरआईको बढ्दो चिन्ता दूर गर्ने उपाय चाहिएको देखिन्छ । – डा.बिनिता