फुटबलको म्याच फिक्सिङ र सत्ताको राजनीति फिक्सिङ (फिसिङ) खूब चर्चित घटना बनेका छन्। म्याच फिक्सिङ गर्ने राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसी असोज २७ गतेदेखि अहिलेसम्म पनि प्रहरी खोरमै छन्। म्याच फिक्सिङ गरेर कति कमाएछन्, अनुसन्धान जारी छ। कात्तिक १० गते विशेष अदालतमा हाजिर गराउादा कप्तान सागर थापाले प्रहरीसमक्ष कबुल गरेको म्याचफिक्सिङ स्वीकारोक्तिलाई अस्वीरकार गरे र भने– हामी निर्दोष छौं।
यता सत्ताका खेलाडी प्रचण्ड र केपी ओलीको राष्ट्रिय राजनीतिक टिमले प्रधानमन्त्री, सभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको म्याच फिक्स गरेका छन्। फुटबल खेलाडीले राष्ट्रको बेइजत गरेकाले राष्ट्रबिरोधी मुद्दा लगाइएको छ भने सत्ता खेलाडीले राष्ट्रलाई झन झन विपदमा पारेकोमा तिनलाई कुनै मुद्दा लगाइनेछैन। किनभने ०६४ सालमा संविधानसभाको निर्वाचनमा जित्ने यिनै थिए, यिनले २ वर्षमा होइन, ४ वर्षमा पनि संविधान बनाउन सकेनन्। संविधानसभा नै बिघटन गरिदिए। यिनलाई जनताले सिस्नोपानी लगाउनु पर्ने थियो तर २०७० सालको निर्वाचनमा जनताले यिनैलाई भोट दिएर जिताएर पठाए। जनता यति उदार छन् कि जनतालाई फोहर र गोबरको छ्यानब्यान नै छैन। गरिबी, हाहाकार, समस्यै समस्याले थिचिएका जनता नेताका मीठो आश्वासनमा मैनवत्ती पग्लिएझैं पग्लिन्छन् र तिनै नेतालाई भोट दिन्छन्। भोट दिएपछि नेताले जनतालाई भुसुना ठान्छन्, रौं बराबर गन्दैनन्। तैपनि नेताले लोकतन्त्र जिन्दावाद भनेर भट्याउादा, जिन्दावाद भन्न बिर्सदैनन्। मालिक भएर पनि दास बन्न रुचाउने हामी जनताले दुःख नपाए कसले पाउाछ? विदेशपरस्त नेता र विदेशीले हाम्रो शोषण नगरे कसको गर्छ? फुटबलको म्याच फिक्सिङ गरेकै भए पनि तिनलाई कारवाही गर्ने कानुन नै छैन रे। के कारवाही गर्ने? म्याच फिक्सिङ पक्षका वकिलले यस्तै तर्क गरेका छन्। कानुन नै नभएपछि कुन हतियारले कारवाही गर्ने? फिक्सिङ गर्नेले कमाए, देशको बेइजत गरेर कमाए। भ्रष्टाचार गर्ने कसले कमाएन? यिनलाई पनि अखिल नेपाल फुटबल संघले अनुशासनको कारवाहीमात्र गर्ने बढी सम्भाबना छ भन्छन् कानुनका ज्ञाताहरु।
हो, ०४६ साल अघि चप्पलछापेहरु यतिखेर सम्भ्रान्त, सामन्त बनिसकेका छन्। १० वर्षे जनयुद्ध गर्नेहरु लाख पर्ने घडी, करोडका गाडी र अरव मूल्यका घरमा बिराजमान छन्। कुनै नेताका अनुहार फुस्रा छैनन, कुनै नेता धुस्रेमुस्रे छैनन्, सबै सुकिला मुकिला देखिन्छन्। खाइलाग्दा छन्। ख्याउटे त जनता छन्, हाहाकारको मार जनताले खेपिरहेका छन्, समस्या छ त जनतालाई छ। अप्ठेरो छ त जनताले भोगिरहेका छन्।
उता म्याच फिक्सिङ, यता सत्ता फिक्सिङ। म्याच फिक्सिङ गर्नेहरु कसैले बिहे गरेर हनिमुन मनाएछन्, कसैले घर र गाडी किनेर मजा उठाएछन्। अव हेर्नुछ प्रचण्ड र ओलीको सत्ता फिक्सिङको कमाल। कांग्रेस र एमालेको सत्ता हुादा केपी ओलीलाई पागल भनेका हुन् प्रचण्डले। ओलीलाई उपचार खर्च राज्यले दिनुपर्छ भन्ने माग गरेका थिए प्रचण्डले। अहिले उनै प्रचण्ड, तिनै पागल भनिएका ओलीसाग लपक्कै टाास्सिन पुगेकाछन्। पागल ओली र सद्दे प्रचण्डको यो सत्ता फिक्सिङ देशवादी देखिन्छ कि देशघाती हुन्छ? टुक्काका धनी ओली प्रधानमन्त्री बनेपछि रातदिन एक गरेर देशको हाहाकार, देशवासीको कष्ट निदान गर्छन् भनेको त उनी कूटनीतिक क्षमता र राजनीतिक दूरदर्शिता देखाउन छाडेर केरुङमा दानपात्र थाप्न पो दौडिए। ओलीलाई चेतना होस्– मागेको भीख बाटैमा ठिक हुन्छ। प्रगतिका गर्न मेहनत गर्नुपर्छ, स्वावलम्बी हुनुपर्छ। भारत खुश हुादा लुटुपुटु गर्ने, नाखुश हुादा कारणको निराकरण गर्न छाडेर चाइनिज कार्ड खेलेर नेपालको भलो हुन्न। नेपालका लागि उत्तरदक्षिण दुबैको समदूरी र सद्भाव चाहिन्छ। संविधान कार्यान्वयन गर्न सहमति जरुरी छ भन्ने एमाओवादी र एमालेले ठूलो पार्टी काग्रेसलाई लतार्नुमा विजय ठान्यो। मधेश आन्दोलन रोक्न र भारतीय नाकावन्दी समाप्त पार्न कुनै भूमिका खेल्न सकेन। संकट महासंकट बन्दै गरेको यतिबेला प्रचण्ड र ओलीको सत्ता फिक्सिङले देशवादभन्दा जनघात, राष्ट्रघात बढी गरिरहेको छ। मुलुक संकटमा परेको बेलामा सबै मिलेर मुलुकको संकट निवारण गर्न छाडेर सत्ताभोगमा लिप्त यी भोगीहरु फुटबल म्याद फिक्सिङ गर्ने पााच खेलाडीभन्दा कुनै पनि अर्थमा भिन्न छैनन्। दुबैका अपराध समान छन्, दुबै थरि सैद्धान्तिक, नैतिक र व्यवसायिक रुपमा चुकेका छन्। म्याच फिक्सिङवालाहरुलाई अदालतले कठघरामा उभ्याएको छ भने सत्ता फिक्सिङवालाहरुलाई जनताले किन ठिङ्गुरी नकस्ने? जनताको काम सधैं नेताहरुलाई कन्सेसन दिएर शंकाको सुविधा दिइरहने हो र? – डा.विनिता