Advertisement Banner
Advertisement Banner

१२ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नक्कली नोट छ्यापछ्याप्ती

२५ सोमबार , बैशाख २०८०३ बर्ष अगाडि

काठमाडौं । प्रहरीले पाँच सय र एक हजार रूपैयाँको नक्कली नोटसहित प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ की सादाय हलुवाईलाई पक्रेको हो ।
पक्राउ परेकासँग हजार दरका ४९ थान, प्रिन्ट गरेको काट्न बाँकी हजारको १२६ थान, ५०० को दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को ६० थान, प्रिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड एक सय चार थान, कृषि विकास बैंकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर र दुई मोबाइल बरामद गरेको बताएको छ । यसैवीच पर्सा प्रहरीले चेकजाँचका क्रममा भारतीय गाडीमा नक्कली नोटको बिटोसहित २ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नम्बरप्लेटको गाडी, सर्लाहीका आनन्द बर्दन सिंह, बाराका ओमप्रकास साह रहेका छन् । उनीहरूका साथमा हजार दरका ४५०, ५ सय दरका ७२ थान नक्कली नोट बरामद गरिएको छ । काठमाडौं र तराईमा समेत नक्कली नोट बरामद हुनथालेपछि राष्ट्र बैंक चिन्तित भएको छ ।
केही समयदेखि राजधानी, दूरदराजका क्षेत्र र तराईमा नक्कली नोटको बिगबिगी देखिन थालेको छ । सुरक्षाजाँच कडा नगरिने हो भने आर्थिक अराजकता बढिरहेको स्थितिमा नेपालका नोटको अविश्वसनीयता बढ्न जाने देखिन्छ । सरकारले उचित कदम नचाल्ने हो भने भारतका माफियाले ठूलै नोट आतंक फैलाउन सक्छन् ।