Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कनेक्शन कता कता ?

२३ शनिबार , बैशाख २०८०एक बर्ष अगाडि

१९९२ को कुरा हो । भुटानले आफ्ना नेपाली नेपाली भाषीलाई भारततिर लखेट्यो । भारतले ट्रकमा हालेर नेपालको सीमामा ल्याएर नेपालतिर खेद्यो । भुटानी शरणार्थी पूर्वका झापामा आएर बसे । उनीहरुलाई तिनकै देशमा फर्काउनुको साटो तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भुटानै गएर शरणार्थी प्रमाणिकरण गर्ने सहमति गरेर फर्किए । त्यसपछि युएचसीआर आकर्षित भयो । भुटानीलाई भुटान फर्किन नदिने भारतले छेकोबार लायो ।
त्यसपछि भुटानी शरणार्थीलाई अमेरिका, क्यानडा, न्यूजिलेण्ड लगायतका मुलुकले पुनस्र्थापना गर्न लिएर गए । कतिपय शरणार्थी अनेक समस्याका कारण नेपालमै रहे । अहिले पनि ६ हजार लगभग नेपालमै छन् । तिनलाई अमेरिका पठाइदिने भनेर सत्ताको चलखेल सुरु भयो, ठूला नेताहरु र प्रशासक समेतको मिलोमतो भयो । १० लाखदेखि डेढकरोडसम्म लिएर नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने चक्कर सुरु भयो । झण्डै १ अर्ब ३२ करोडको यो ठगी प्रकरणको फाइल खुलेको छ । यसको कनेक्शन ठूला ठूला नेतादेखि प्रशासकसम्म देखिएको छ ।
यो प्रकरणमा विदेशीहरुले समेत चनाखो आँखाले हेरेका छन् । नेपालको इज्जत धुलिसात हुनपुगेको छ । नेपालमा राजनीति र प्रशासन कुन बेहालमा छ भनेर देखिएको छ । अब हेर्नुछ, यो छानबिनमा तानिएकाहरुले दण्ड पाउनेछन् कि फासफुस हुनेछ ।
यो प्रकरणमा नेपालका भ्रष्टहरुलाई युएनएचसीआरले पनि साथ दिएको त होइन ? यतातिर पनि छानबिन हुनुपर्ने हो कि ?