Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नौऊरु १७९औं सम्बन्ध भएको देश

२१ बिहिबार , बैशाख २०८०एक बर्ष अगाडि

नेपालले नौऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यसका साथै नेपालसँग कूटनीतिक सम्बन्ध भएको मुलुक १७९ पुगेको छ । गत विहीवार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित एक कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नौऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले कूटनीतिक समबन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षरपछि दुबै मुलुकका प्रतिनिधिले राष्ट्रसङ्घका महासचिवलाई दुबै मुलुकवीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिएका छन् । यसपछि दुबै मुलुकका प्रतिनिधिले राष्ट्रसङ्घलगायत विश्व मञ्चमा सहकार्य र समन्वय गर्ने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाल जन्मदै स्वतन्त्र राष्ट्र हो भने नौऊरु १९६८ मा स्वतन्त्र भएको अष्ट्रेलिया पूर्वको देश हो ।