Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजालाई उत्तेजित पारिदैछ

१८ सोमबार , बैशाख २०८०एक बर्ष अगाडि

काठमाडौं । केपी ओली प्रतिपक्षी नेता हुन् । उनी झापा र केही जिल्ली पुगे, त्यहाँ ढुङ्गामुढा भयो, कालो झण्डा देखाइयो । हिमानी शाहको नक्कली सामाजिक सञ्जालमा ओलीलाई ढुङ्गामूढा भनेर के लेखियो, ओलीको पारा तात्यो, उनले भनिहाले–छोरी बुहारी अघि सारेर धेरै फुरफुर नगर्नु । फेरि हिसावकिताव गर्नुपर्ला । यतिमा उनी रोकिएनन्, उनले भने– मुर्खले राजतन्त्र मान्छन्, स्वार्थीले र अज्ञानीले राजतन्त्र मान्छन् । धर्मप्रसाद ढकाल मारेको ज्यानमारा मुद्दामा राजा वीरेन्द्रबाट माफी पाएका ओलीले डा.बाबुराम भट्टराईको पुरानो शैलीमा यसरी उत्तेजित भएर र उत्तेजित पार्ने तरिकाले किन असंसदीय चरित्रमा उत्रिए ? पूर्वराजासँग कुन कुन हिसाव गर्न बाँकी रहेछ ? ओली रहस्यमय बनेका छन् ।
अत्यन्तै प्रतिकुल पलहरूमा समेत कसैलाई ब्यक्तिगत गाली, आरोप र संस्कारहीन टिप्पणी कहिले नगरेका, देश र जनताको चिन्ता गर्ने र जनतासँग एकाकार हुँदै हिडेका पूर्वराजालाई संस्कारहिन गाली गलोज र तथ्यहिन आरोप केपी ओलीजस्ता परिपक्व नेताले हल्का पारामा पक्कै पनि लगाएका होइनन् ।
पूर्वराजा पूर्वाञ्चलपछि मध्य र सुदूरपश्चिम हिडेका छन् । उनको व्यापाक स्वागत, जनअभिनन्दन हुनथालेको छ । अब पूर्वराजा पार्टीभन्दा बढी लोकप्रिय भए भन्ने आक्रोश त होइन ?
लोकतन्त्रपछिका १६ वर्षमा नेताहरू अलोकप्रिय भइसके । यसको पीडा सत्ताधारी १० दललाई बढी हुनुपर्ने, ओली किन छटपटिएका हुन् ? ओलीले राजतन्त्र आउने भयो भनेर राजा र हिन्दुवादीहरूलाई हिम्मत, हौसला बढाएका त होइनन् ?