Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

फर्किए राजतन्त्रका दिन, पश्चिममा पनि अभिनन्दन

११ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं । ठूला दलका जिम्मेवार नेताहरु नै भन्न थालेका छन्, अब निषेध गरेर अघि बढ्न सकिदैन । परम्परागत शक्तिलाई पनि स्पेस दिनैपर्ने देखियो । सुनसरीमा नागरिक अभिनन्दन स्वीकार गरेर वक्तव्यसमेत दिएका पूर्वराजाको बैशाख १७ गते जुम्लाको खलङ्गा र २० गते नेपालगन्जको रामलीला मैदानमा नागरिक अभिनन्दन गर्ने तैयारी सुरु भइसकेको छ । पूर्वराजा जनमत बुझ्न मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणमा निस्कदा यो अभिनन्दनगरिने कार्यक्रम बनेको हो ।
यो देश राजाले निर्माण गरिदिएको हो । त्यो कुरा बिर्सेर र पूर्वराजासँग आफैले गरेका सम्झौतासमेत लत्याएर अघि बढ्दा १६ वर्षमा राजनीतिक दल तथा नेताहरु सफल हुन सकेनन् । स्वयम् प्रधानमन्त्री यो व्यवस्था पल्टने खतरा देख्न थालिसकेका छन् । तैपनि पुनः सहअस्तित्व र सहकार्य गर्न नेतृत्व अग्रसर नहुनु दुर्भाग्य हो भन्दै विश्लेषकहरु भन्छन्– गम्भीर संकट निम्त्याउने कि समाधान खोज्ने ?