Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पूर्वराजा अब मध्य, सुदूरपश्चिम र कर्णालीतिर

०८ शुक्रबार , बैशाख २०८०३ बर्ष अगाडि

लामो समय झापामा बसेर पूर्वाञ्चलवासीसँग अन्तरक्रिया, भेलामा सहभागी हुँदै नागरिक अभिनन्दनसमेत ग्रहण गरेर २०६५ सालपछि पहिलोपल्ट अभिनन्दन समारोहलाई संवोधन समेत गरेर राष्ट्रप्रतिको चिन्ता जाहेर गरेका पूर्वराजा अब मध्य, सुदूरपश्चिम र कर्णालीक्षेत्रका केही जिल्लाको भ्रमणमा निस्कन लागेको समाचार छ ।
२०८० वैशाख ८ गतेको मितिमा डा.फणिराज पाठकले जारी गरेको सूचनामा लेखिएको छ– श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगञ्ज सवारी होइबक्सदैछ ।
अर्थात् यो सूचनापछि राजनीतिक वृत्तमा अब पूर्वराजा देशको दुरावस्थालाई टुलुटुलु हेरेर नबस्ने मूडमा पुगेको अर्थ लगाइएको छ । प्रधानमन्त्री स्वयम्ले केही दिन अघि यो व्यवस्था उल्टिन सक्ने खतरा देखेको अभिव्यक्ति दिनु र पूर्वराजा यसरी सक्रिय रुपमा देशका विभिन्न भागमा जनतासँग प्रत्यक्ष अन्तरक्रियामा निस्कनु भनेको अर्को परिवर्तनको संकेतका रुपमा परिभाषित गर्न थालिएको छ ।
कोरोनाअघिका समयमा पूर्वराजा यसरी भ्रमणमा निस्कदा शक्तिपीठको पूजापाठ भनेर निस्कने गरेको इतिहास छ । तर यसपल्ट केही जिल्लाहरुको भ्रमणको सिलसिलामात्र भनिनुले १६ वर्षसम्म जुन तरिकाले नेतृत्व वर्गबाट देश र जनताको शोषण र दोहन भयो, जनतामा असन्तुष्टि चुलिएको छ, अब यसरी चल्दैन भन्ने सन्देशसमेत यो भ्रमणले दिने र आमनागरिक अभिभावकविहीन छैनन् भन्ने प्रमाणितसमेत हुने अवस्था सिर्जना भएको छ । सम्भवतः यहीकारण मध्य, सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाबाट पूर्वराजाको भ्रमणका लागि आमन्त्रण आउन थालेको र अभिनन्दन गर्नका लागि हिन्दु र राजसंस्थावादी सलबलाउन थालेको खबर छ ।