Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतलाई गुरुदक्षिण दिएर भारत भ्रमण ?

०७ बिहिबार , बैशाख २०८०२ बर्ष अगाडि

भारतले भाजपाको विदेश विभाग प्रमुखलाई नेपाल किन पठायो ? बाहिर केही देखिन्न, भित्रभित्र नेपाल लुट्ने योजना बोकेर आएका रहेछन् । जुन योजनामा नेपाल सरकार नतमस्तक हुनपुगेको छ । अरुण ४, फुकोट कर्णाली भारतको सतलव कम्पनीलाई दिने मन्जुरी गराएपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई अनुमति दिएको राजनीतिभित्रको राजनीतिक चर्चा चलिरहेको छ ।
नेपालका नेता किन नेपाली जनमत, नेपाली माटोमा उभिन सक्दैनन् ?
यतिसम्मको राष्ट्रघातको धुवाँ उठिसक्दा पनि संसदमा किन बहस चल्दैन ? कुनै सांसदले मुख किन खोल्दैनन् ? नागरिक समाज र विज्ञहरु सडकमा किन उत्रदैनन् ? के सार्वभौम नेपाल भारतको मौजा बनिसकेको अथवा मौजा बनाउन नेपाली नेतृत्वले अनुमति दिइसकेको हो त ?