Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरियाका मन्त्रीको सुझाव

०४ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

कोरियाका पूर्वमन्त्री डा.ली नाम कीले नेपालमा लगानीमैत्री वातावरण बनाउन सुझाएका छन् । त्यसो भए कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ । विश्वभरिबाट लगानी भित्रिनेछ ।
कोरिया लाखौं युवालाई रोजगारी दिने मुलुक हो । नेपाली युवाको वैदेशिक रोजगारीको पहिलो गन्तव्य पनि कोरिया नै रहेको छ । त्यो कोरियाका पूर्वमन्त्रीले नेपालका अर्थमन्त्री, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा नेपालले कोरियाको प्रविधि र लगानी भित्र्याएर विकासमा फड्को मार्न सक्ने बताएका हुन् । उनको भनाई छ– “नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाटै लगानी र प्रविधि ल्याउन हामी सक्दो समन्वय गर्छौ ।” ली हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष रहेका छन् । स्मरणीय छ– सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत अनेक प्रकारका सहयोग गरेको थियो । लीका अनुसार नेपाल पहिले कमजोर थिएन, अहिले नेतृत्व सशक्त नभएको बताए ।
गैरआवसीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कँुवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्वन गरेका विकासको मोडललाई नेपालमा लागू गर्न सके लगानी भित्रिने बताए ।
फेरि एकपल्ट पक्का भएको छ कि नेपालमा लगानी वातावरण छैन । लगानीकर्ता अनेक झण्झटमा छन् ।
Regarding human interactions, the number of visitors between the two countries is increasing noticeably. Since the introduction of the Employment Permit System(EPS) in Nepal from 2007, more than 60,000 Nepali workers have worked in Korea and contributed to Korea's economic development. After returning to Nepal, these workers have been active in many fields, leading Nepal's development. Also, about 30,000 Korean tourists visit Nepal every year for trekking and pilgrimage to Buddhist sanctuaries, and it is expected that active exchanges will continue in the future.    -Ambassador of the Republic of Korea PARK Chong-suk