Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यता राजा फालेर उता दर्शनभेट

०४ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं । एकपल्ट प्रधानमन्त्री भएर मर्न इच्छा छ भन्दा भन्दै रामचन्द्र पौडेल राष्ट्रपति बन्न पुगे । तीनधारा संस्कृत पाठशालाको शिक्षा हासिल गरेका पौडेल जनआन्दोलनको समयमा राजाविरोधी भएर निस्किएका हुन् ।
सम्भवतः त्यसैको पुरस्कार प्राप्त भयो, राष्ट्रपति बन्न पुगेका छन् । राजा फाल्ने पौडेल, राजाको राज्यभिषेकमा सहभागी हुने विषय आफैमा रमाइलो घटना पनि हुनेछ । विश्वका २ हजार विशिष्ट पाहुनाहरूलाई निम्त्याएको राज्याभिषेक समारोहमा नेपालका राष्ट्रपति पनि हुनेछन् । नेपालका राष्ट्रपतिले राजा किन फालियो भनेर कसैले सोध्यो भने उनले के जवाफ देलान् ?
राष्ट्रपतिको हैसियतमा पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने समाचार छ । पौडेलको यो पहिलो विदेश भ्रमण पनि हुनेछ । बेलायतमा राजा चाल्र्स तृतीयको राज्यभिषेक हुँदैछ । मे ६ तारिखका दिन आयोजना हुने त्यही विशेष प्रकारको समारोहमा सहभागी हुन, राजाको दर्शन र राजालाई बधाई दिन पौडेल बेलायत जान लागेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रतिनिधिले बताएका छन्– ‘राष्ट्रपतिज्यू बेलायती राजाको राज्याभिषेकमा सहभागी हुनुहुने कार्यक्रम तय भएको छ, त्यसका लागि कहिले बेलायत प्रस्थान गर्ने र भ्रमण कति दिनको हुने भन्ने विषयमा छलफल भइरहेको छ ।
चार्ल्स तृतीय आमा एलिजावेथ द्वितीयको निधनपछि सन् २०२२ सेप्टेम्बर ८ मा बेलायती राजा बनेका हुन् । बेलायतमा राजाको मान, सम्मान र  आदर व्यापक छ । यद्यपि राजालाई एकता र न्यायको आधार स्तम्भ मानिन्छ । बेलायतमा कुनै लिखित संविधान छैन, बेलायतमा नीति र नैतिकतालाई ठूलो महत्व दिने गरिएको छ । लोकलज्जा र नैतिकतामा आधारित राजनीतिकै कारण बेलायत समृद्ध छ । राजा चाल्र्सको राज्याभिषेक वेस्टमिनिष्टर गिर्जाघरमा हुने छ । राज्याभिषेक समारोह तीन दिनसम्म धूमधामका साथ मनाइने बेलायती सञ्चार माध्यमले जनाएका छन् । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएको इतिहास रहेको छ । यसअघिको राज्याभिषेकमा २ सय ५१ देशलाई निम्तो दिइएको थियो ।
बेलायती समाचारअनुसार दुई हजार जना पाहुनालाई राज्याभिषेकमा सहभागी हुन निमन्त्रणा पठाइसकियो । समारोहमा मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उनकी पत्नी किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने भएका छन् । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने छिन् । नेपालको प्रतिनिधित्व राष्ट्रपति पौडेलले गर्नेछन् ।
बेलायतले राजतन्त्रको गरिमा र महिमालाई जुन तरिकाले प्रदर्शन गर्नेछ, त्यो देखेर राजाविरोधी राष्ट्रपति रामचन्द्र पौडेलले कस्तो अनुभूत गर्लान् ? हुन त उनी राष्ट्रपतिको रूपमा हुनेछन् तथापि अढाइसय वर्ष पुरानो राजसंस्था फालेर ल्याएको गणतन्त्र असफल भइसकेको, चालु संविधान ढल्ने ढल्ने स्थितिमा पुगिसकेको प्रधानमन्त्रीकै तर्कले पनि राष्ट्रपति पौडेललाई पिरोल्ने निश्चित छ ।
बेलायतमा राजतन्त्रको झिलीमिली देखेपछि राष्ट्रपतिकै रूपमा सहभागी भए पनि रामचन्द्र पौडेललाई आत्मग्लानी होला कि नहोला ? उनलाई कस्तो अनुभव होला ? धेरैको जिज्ञासा रहेको छ ।
एकातिर प्रधानमन्त्रीको भारत भ्रमण तया गर्न भाजपाका नेता नेपाल आएपछि मात्र भ्रमण तय हुने खबरले भारतले चाहेको कुरा पूरा हुने भएमात्र प्रचण्डको भारत भ्रमण हुनेछ । अर्कोतिर राष्ट्रपतिको बेलायतमा हुने राज्याभिषेकमा सहभागी हुने घटनाले नेपालको राजनीतिमा ठूलै ज्वारभाटा आउनसक्ने आँकलन गरिएको छ ।