Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत र चीनले नेपाललाई सबक सिकाउदैछ

०४ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

२०२२ अगस्त २३ मा नेपालले चीनका लागि नेपाली राजदूत खटायो विष्णुपुकार श्रेष्ठलाई । यिनी कूटनीतिक ज्ञाताभन्दा बढी ठूला नेताका नातेदार पनि हुन् । गतवर्ष जुन २३ विष्णु पुकार श्रेष्ठ चीनका लागि राजदूत भए । आजसम्म ओहदाको प्रमाणपत्र बुझाउन पाएका छैनन् । उनले प्राटोकल विभागका निर्देशकलाई ओहदाको प्रमाणपत्र बुझाएर राजदूतको फुर्ति लगाइरहेका छन् । यिनले नेपाल चीन नाका खोल्न कुनै भूमिका निर्वाह गर्न सकेनन् । नेपालमा अन्तर्राष्ट्रिय चासो बढ्न थालेपछि चीनले नै नाकाहरू खोल्ने निर्णय ग¥यो, चार्टर गरी गरी चिनियाँ पर्यटक नेपाल पठाउन थालेको छ । यो चीनको रणनीतिक कार्य हो । राजदूत विष्णुपुकार श्रेष्ठ कूटनीतिक सुविधाको दुरूपयोग गर्दै ब्यापारीका कर छलीमा सहयोग गर्दै आएको आरोप लाग्न थालिसकेको छ ।
२०२२ मार्च १६ मा नेपालले भारतका लागि नेपाली राजदूतका रूपमा डा.शंकर शर्मालाई खटायो । यिनी अमेरिका रिटर्न हुन्, नेपाली कांग्रेसका मानिन्छन् । आजसम्म पनि यिनले आफ्नो ओहदाको प्रमाणपत्र बुझाउन पाएका छैनन् । यद्यपि यिनले रिपब्लिक डेमा राष्टंपति द्रौपदी मुर्मुलाई नमस्कार गर्ने अवसर पाएका थिए भने मुर्मुले दिएको रिसेप्सन पार्टीमा सहभागी हुने अवसर पनि पाएका थिए ।
राजदूत शंकर शर्मा कृषि मन्त्री भेट्ने, युपीका मुख्यमन्त्री भेट्ने, पर्यटन लगायतका विविध कार्यक्रममा सहभागिता जनाएर ओहदाको प्रमाणपत्र बुझाउनका लागि लविङ गरिरहेका छन् । भारतका विदेश सचिव नेपाल आए, नेपाली राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सबै नेताले तत्काल भेट गरे, नमस्कार फर्काए तर भारतले नेपालका राजदूतलाई वर्षौसम्म ओहदाको प्रमाणपत्रसमेत बुझाउने अवसर दिएको छैन । चीन र भारतले नेपाली राजदूतलाई महत्व नदिएको होइन, नेपालको परराष्ट्रनीतिमा आएको बिचलन र कमजोरीको संकेत गरेको हो । नेपालको स्वार्थी राजनीति र भ्रष्ट नेताका कारणले विश्वशक्ति नेपालमा सकृय हुनथालेका छन् ।
कूटनीतिक विज्ञहरू भन्छन्– हुनैपर्ने परिपक्वता नेपालले गुमाउँदै गएको छ । नेपालमा इयु, भेटिकन, भारत, भारत, चीन र अमेरिका नीतिले पिङ खेल्न थालिसकेका छन् । हिन्दुभन्दा बढी प्रभावकारी इसाई भएका छन् । नेपाली सरकार र ठूला मुद्दाहरूको नीति निर्देशक समेत विदेशी बन्न थालेका छन् । सिद्धान्तगत रूपमा पतन भएको राजनीतिले नीतिगत प्रासंगिकता गुमाउन थालेका छ । प्रजातान्त्रिक मर्म र मर्यादा, लोकतान्त्रिक सीमासमेत स्वार्थका कारण नेतृत्वले मिचेका छन् । जसका कारणले नेता बलिया भए होलान्, मुलुक दिनदिनै कमजोर बन्दैछ ।
भ्रष्ट नेता र प्रशासनका कारणले नेपाल विश्वशक्तिको, छिमेकको हस्तक्षेपको प्रयोगशाला बनिसकेको छ । यो चरणपछि विदेशीले आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा समेत विदेशी फर्मुलाको प्रयोग थोपर्ने निश्चित छ । नेपालका थिङ्क टेंक भनिने कुनै बर्गले अर्थ, सुरक्षा, परराष्ट्र र गृहलाई सत्तास्वार्थमा नगिजोलुन् भनेर सुझाव दिएका देखिदैन । नेपालका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरूले सल्लाहकारका लागि अर्वौं खर्च किन गरिरहेका छन्, कार्यकर्ता पाल्नमात्र ? प्रश्न उठिसक्यो ।