सार्कको संस्थापक समेत रहेको नेपालमाथि भारतीय नाकावन्दीले दिनुसम्मको पीडा दिएको छ। भूकम्पपीडित मुलुकको उद्योगधन्दा र पुननिर्माणमात्र होइन, जनताको दैनिकी समेत खलबलिएको छ। विश्वजगतले भारतलाई नाकावन्दी नगर भनेर भनिरहदा र बंगलादेशका मन्त्रीलेसमेत मुख खोलिसक्दा पनि नेपाल भारतसाग अझै रुझेको बिरालोझैं म्याउ म्याउ गरिरहेको छ। हाम्रा नेताहरु किन यतिबिघ्न गएगुज्रेका?
भारत सुरक्षा परीषदको स्थायी सदस्य हुने प्रतिस्पर्धामा छ। भारतले यो प्रतिस्पर्धामा नेपालले आफूमाथि भारतद्वारा लादिएको नाकावन्दीलाई अन्तर्राष्ट्रियकरण गर्नसके तत्काल पराजित हुनपुग्नेछ। भारतले नेपालमाथि अन्याय गर्न हुन्छ भने नेपालले अझै भारत रिसाउाछ कि भनेर फुकी फुकी कदम चाल्नुको औचित्य कति रहन्छ र?
हो, ओली भारतपरस्त हुन्, उनले लिनुसम्मको लाभ लिएका छन् भारतबाट। कांग्रेस, एमालेमात्र होइन एमाओवादीले त १० वर्षे जनयुद्ध नै भारतको संरक्षणमा बसेर भारतकै सामल खाएर उसकै शत्तिले लड्यो। नेपाली राजनीतिक नेताहरुको शिर भारतीय गुणले थिचिएको छ। अझै पनि भारतले नेताहरुलाई खान्की ख्वाउाछ, तिनका सन्तानहरुलाई स्कलरसीपमा पढाइदिन्छ र तिनको उपचारलगायतका समस्यामा पनि सघाइरहेको छ। यसकारण हाम्रा नेताहरु भारतकाविरुद्ध बोल्न सक्दैनन्। भारतले अघोषित नाकावन्दी लगाउदा नाकावन्दी किन लगाएको समेत भन्ने आाट छैन हाम्रा नेताहरुमा। (भारतमा निशुल्क पढ्ेका भाग्यमानीहरु: माधव नेपालका छोराद्वय सौरभ र सुमन नेपाल, झलनाथ खनालका छोरा निर्भिक खनाल, विद्या भण्डारीकी छोरी निशाकुसुम भण्डारी, कृष्णप्रसाद सिटौलाका छोरा श्यामप्रसाद सिटौला, रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल, डा.बाबुराम भट्टराईकी छोरी मानुषीयमी, भरतमोहन अधिकारीका छोरीद्वय। कतिपय नेताहरुले दूतावासबाट दिइने अनेक नामका स्कलरसीपका सिट बेच्नेसमेत गरेका छन्।)
हाम्रा नेताहरु असहज अवस्था हो, सहज पार्नुपर्छ भन्छन्। तर आफ्नै कार्यकर्ताहरुलाई पुतला जलाउन लगाएर आफैले भारतलाई चिढाउने काम पनि गरेका छन्। मुख्य समस्या दिल्लीको बासमती चामलको बासीभात खानेहरुको हो, जो डकार्न सक्छन्, खकार्न सक्दैनन्। जसका कारण हाम्रा नेताहरु स्वाधीनताका भाषण त गर्छन्, तर स्वाधीनताका लागि स्पष्ट उभिन सक्दैसक्दैनन्। यी परालखुट्टे नेताहरुले देशलाई खोक्रो बनाएर सिध्याउने भए। भारतको नाकावन्दीका कारणले नेपालको संविधानसमेत संकटमा परिसकेको छ। संविधान नै फेल हुने खतरा बढेर गएको छ। ९१ प्रतिशत बहुमतले बनाएको संविधान जनताको संविधान हो। यो संविधान असफल हुनु भनेको नेपाल असफल हुनु बराबर हुनसक्छ। यति ठूलो खतरा आइपर्दा समेत संसदमा भारतीय नाकावन्दीबारे न कुनै प्रस्ताव आएको छ, न छलफल नै भएको छ। यसको अर्थ संसदलाई ल्याप्चेछाप बनाइएको छ र ल्याप्चेछाप भन्नुको अर्थ हो ठूला नेताको बन्दी। सार्वभौम संसद केही नेताको बन्दी बन्न सक्दैन, यसकारण छिमेकीलाई दुःख दिने भारतको नाकावन्दीबारे विशेष छलफल र विशेष प्रस्ताव पारित गरेर अन्तर्राष्ट्रियकरण गरिहाल्नुपर्छ। नेपालीत्वसहितको स्वाभिमान जोगाउने अरु उपाय अव बााकी देखिन्न।
स्मरणीय छ, राजधानीमा रहेका कूटनीतिक नियोगहरु र नेपालमा काम गरिरहेका अन्तर्राष्ट्रिय समुदायसमेत भारतीय नाकावन्दीको सिकार भइरहेका छन्। दूतावासका कर्मचारीहरुसमेतको मुभमेन्ट सिमित हुनपुगेको छ। नौटंकी नै भए पनि आफ्नै दूतावासभित्र पम्प राखेको भारतीय दूतावासलेसमेत नेपाल सरकारसाग पेट्रोल मागेको घटनाले नेपालको शासन प्रशासन, जीवनचक्र कसरी प्रभावित भइसक्यो, भनिरहनु पर्दैन। भारतको यो नियोजित नाकावन्दी भएकोले उसले केही देखिरहेको छैन। यसकारण पनि नेपालले भारतको नाकावन्दी र नियतलाई तत्काल अन्तर्राष्ट्रियकरण गरिहाल्नुपर्छ। ठूला राजनीतिक दलका नेताहरुभित्र अलिकतिमात्र पनि नेपालीपन, मन छ भने र तिनमा मातृभूमिप्रतिको आस्था बााकी छ भने तिनले व्यक्तिगत स्वार्थमा धक्का लाग्छ भन्ने भयले जिब्रो तालुमा टाासिरहनु हुन्न। लज्जा छैन, जनताको आाखामा छारो हालेर अझै चलाउन र चल्न सकिन्छ भन्ने हो भने बेइमानीको कुनै ओखती छैन दुनियाामा।
भनिन्छ– भय बिना प्रित नही। नेपालले आफूमाथिको अन्यायविरुद्ध बोल्न, लड्न सक्छ भन्ने भारतले थाहा नपाएसम्म यसैगरी हेप्ने र हडप्ने नीति लादिरहनेछ। एक हातले केही दिएजस्तो गरी दुबै हातले नेपालका लाभ र हितहरुलाई सोहोर्ने भारतको पुरानै बानी हो। त्यो बानीमा ब्रेक लगाउन जरुरी छ, यसका लागि नेपालले भारतको नाकावन्दीविरुद्ध चिच्याउनैपर्छ। जनजीवननै ठप्प पारिसक्यो भारतले। अव पनि भारतलाई कन्सेसन दिइरहने हो भने हाम्रा नेताहरुमा नेपालीत्व छैन, तिनको राष्ट्रियता मुखुण्डोमात्र हुनेछ।
छिमेकीलाई दुःख दिने राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य भयो भने त्यसले राक्षसी रुप धारण गर्छ। सुरक्षा परीषद भनेको त राष्ट्र राष्ट्रको सुरक्षाका लागि भूमिका खेल्ने निकाय हो। एक त राष्ट्रसंघले पारित गरेको पारवहनको हकबाट बन्चित गर्ने, त्यसमाथि अन्यायमा परेकै नेपालको समर्थनमा सुरक्षा परीषदको सदस्य हुनखोज्ने? नेपाल संकटमा छ, भूकम्पपछि मोदी नाकावन्दीको विषालु पीडा भोगिरहेको छ। भारतको संवेदनहीनतालाई झक्झक्याउने हो भने नेपालले भारतविरुद्ध बोल्न जरुरी छ। भारतलाई साना मुलुकमाथि अन्याय गर्दा कस्तो नतिजा निस्कन्छ भनेर बताउन आवश्यक छ। बाघले जरायो मार्नसक्छ, खान पनि सक्छ तर जरायोको सुइरो परेको हाडले बाघको गर्धन छेड्नसक्छ र प्राणलिने शक्ति पनि राख्छ भन्ने नेपालले प्रमाणित गर्ने बेला यही हो। यो बेलामा नेपाल झुक्यो भने कहिल्यै उठ्न सक्नेछैन, पारवहनको सुविधा प्राप्त गर्नेछैन।