Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मोदीले पश्चाचाप गर्ने दिन आउछ

०९ सोमबार , कार्तिक २०७२११ बर्ष अगाडि

'इराकमाथि हमला गर्नु गल्ती भयो, हामीलाई माफ गर्नोस्' यो ताजा पश्चाताप हो बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको। त्यही हमलाको उपज हो आइएस्आइएस् भन्ने निष्कर्ष छ ब्लेयरको। सीएनएनको अन्तर्वार्तामा ब्लेयरले भनेका छन्– इराकमा रासायनिक हतियार फेला परेन। खुफिया सूचना गलत साबित भयो। सद्दाममाथिको हमला हाम्रो सबैभन्दा गलत निर्णय साबित हुनपुग्यो। सन २००३ को गल्तीलाई ब्लेयरले २०१५ मा आएर स्वीकार गरेका छन्।
कतै सन २०१५ अर्थात २०७२ सालमा नेपालमाथि अघोषित नाकावन्दी गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय यसैगरी गलत साबित नहोस्। प्रत्येक नेपालीको मनमा मोदीको नीतिविरुद्ध आगो बलेको छ, घृणा फैलिएको छ। बालबृद्ध, बिरामीमात्र होइन, भूकम्पग्रस्त नेपालमाथि मोदीको नाकावन्दी हिटलरी दमन बनिरहेको छ। मोदीको नाकावन्दी अन्यायपूर्ण हो भनेर इयु, राष्ट्रसंघसमेत बोलिसक्यो। तैपनि नरेन्द्र मोदी नाकावन्दी लगाइरहेका छन् र नेपाली स्वाधीनतामाथि धावा बोलिरहेका छन्। ब्लेयरलेजस्तै पश्चाताप गर्ने दिन नआओस् मोदीलाई।