Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाली सेना र अमेरिकी सेनाबीच छलफल

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच द्विपक्षीय छलफल भएको छ ।
यो वार्तामा अमेरिकी सैनिक प्रवृधि, आतंककारी अथवा आपातकालीन उद्धारका टेक्निकहरू र आधुनिक प्रविधिबाट नेपाली सेनाले सिक्ने अवसर पाएको छ । त्यसो त बेला बेलामा हुने सामुहिक अभ्यासबाट पनि धेरै जान्ने अवसर प्राप्त गर्दै आएको छ । एकप्रकारले सैनिक अभ्यास नेपाली सेनाका लागि आधुनिक सैनिक ज्ञान हासिल गर्ने अवसर पनि हो । किनभने उचित बजेटको अभाव, सुरक्षा र शान्ति सेनामा जानुपर्ने कारणले अभ्यासमा कमी आउनसक्ने स्थिति छ ।
गत बुधवार सम्पन्न नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय स्थल फौज वार्ता उपयोगी भएको एक सैनिकअधिकारीले बताएका छन् । त्यसो त दुई सेनाबीच हरेक वर्ष हुँदै आएको वार्ताको यो चौथो संस्करण भनिएको छ । कतिपय कुरा अमेरिकी सेनाले सिक्ने र बुझ्न अवसर पाएका छन् भने यस्ता दुई सेनाबीचको अनुभव साटासाट वार्ताबाट प्रकोप उद्धार कार्यका लागि नेपाली सेनाको क्षमता अभिवृद्धि तथा अमेरिकी सेनाको अनुभव सिक्ने र शान्तिका लागि नेपाली सेनाको क्षमता बारे पनि छलफल सम्भव भएको छ । 
नेपाली सेनाका तर्फबाट उपरथी अशोकराज सिग्देल र अमेरिकी सेनाका तर्फबाट प्यासिफिक कमान्डका उपकमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले वार्ताको नेतृत्व गरेका थिए । सैनिक मुख्यालयको विज्ञप्तिमा भनिएको छ– ‘छलफलमा मानवीय सहायता तथा विपत् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपत् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।’
यो छलफलमा एसपीपीमा तत्काललाई नेपाल सरकारले अनुमति नदिए पनि नेपाली सेना र अमेरिकी सेनावीचको सम्पर्क, सहयोग र सहकार्य निरन्तर कायम रहने जानकारी स्मिथले दिएका छन् । यो छलफलमा अमेरिकी २२ र नेपालका तर्फबाट परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका प्रतिनिधिका साथमा सैनिक अधिकारी गरी १४ जना सहभागी रहेका थिए । अमेरिकी सेना टिम प्रमुख स्मिथले प्रधानसेनापति र रक्षा सचिवसँग पनि भेटवार्ता गरेका थिए ।