Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालबालिकाले यसरी खुशी हुने कहिले ?

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । जर्मनी हर्मन जेभरले १९४९ मा सुरू गरेको एसओएस बालग्रामको सोच नेपाल प्रवेश गरेकोएसओएस नेपाल सुरू भएको ४८ वर्ष भइसकेछ । यो बालकल्याणकार िकार्यक्रम १३६ देशमा चलिरहेको छ । नेपालका १० जिल्लामा सञ्चालित यो बालबालिकाको सहारा एसओएस कार्यक्रममा १२ सय ६० बालबालिकाले भरणपोषण, शिक्षा, स्वास्थ्य, व्यक्तिको चौतर्फी विकासका अवसर पाइरहेका छन् । एसओस अभिभावकीय दायित्व निर्वाह गरिरहेको छ ।
पञ्चायतमा बाल संगठन थियो, बहुदल र लोकतन्त्रले लुटेर खाइरहेको छ । नेतृत्वले भावी पुस्तालाई के दिएको छ भनेर देखाउने केही पनि छैन । प्रधानमन्त्री प्रचण्डलगायत केही व्यक्तिले केही टुहुरा, सिमान्तकृत, गरीबको अभिभावकत्व लिएका थिए, जिम्मेवारी निर्वहन गरेको कुनै रेकर्ड छैन । यसरी अनाथ, गरीब बालबालिकालाई खुशी दिन राजनीतिक नेता, समाजसेवी, नागरिक समाज, धनाध्य, उद्यमी, व्यापारी कोही पनि अग्रपङ्तिमा आएको उदाहरण छैन । नेपाल गरीव होइन, सोच गरीव देखियो ।