Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनसरीबाट राष्ट्रिय जागरणको आह्वान

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

चैत २० गते, इनरुवा । पूर्वाञ्चलका जनताले पूर्वराजाको अभिनन्दन गरेका छन् । अभिन्दनपछि पूर्वराजाले धन्यवाद ज्ञापन गर्दै भन्नुभएको छ– ..हाम्रो नेपाल हामीलाई सधैं राम्रो लागछ, सधैं प्यारो लाग्छ ।...राष्ट्रप्रतिको त्यही अगाध प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ ।...आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ, तयसमा मेरो गहिरो ध्यान पुगेको छ ।...
...कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सहती फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिदैन ।...
...राष्ट्र नै हामे आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिउर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रट हुँदै जाओस् ।