Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झापापछि सुनसरीमा डिनर वार्ता

१६ बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणासँग झापामा डिनर भेटवार्तापछि रामकुमार सुब्बाको घरमा डिनरवार्ता भएको छ ।
डिनरवार्तामा बद्रि मण्डलले कोठे क्रान्तिकारिता छाँटिरहँदा सचिव सागर तिमिल्सिनाले अरुलाई पनि बोल्न दिउँ मन्त्रीज्यू भनेर रोकेका थिए । यसैगरी जीतबहादुर अर्जेलले पनि लामो कोठे राजभक्ति देखाएपछि उनलाई पनि बिचैमा रोक्नुपरेको थियो । यहाँसम्मकी एमालेका भक्ति सिटौलाले समेत राजशक्तिको आवश्यकता भएको सुनाए । देशभित्र जनसमर्थन व्यापक रहेको तर राजतन्त्र किनारा लगाउने अन्तर्राष्ट्रिय शक्तिको समर्थन खोज्नुपर्ने सुझाव एजी शेर्पाको थियो । यसैगरी उपस्थित ११ जनाले राजसंस्था पुनस्र्थापना गर्न केही त गर्नैपर्ने भनेका थिए । मेयर राम थापाले आफूले सक्ने जस्तोसुकै सहयोग गर्न तैयार रहेको जनाउ दिएका थिए ।
यता जिल्ला प्रशासनले २० गतेको नागरिक अभिनन्दन रोक्न तारन्तार बोलावट भए पनि अभिनन्दन नरोक्ने केहीले बताएका थिए । ११ जना उपस्थित अन्तरक्रियामा राति १२ बजेसम्म डिनर चलेको थियो । यो अवधिमा पूर्वराजाले सबैका कुरा सुनेको तर कुनै प्रतिक्रिया नजनाएको बुझिएको छ ।
यसैवीच राप्रपा बैठक बसेर राजसंस्था र हिन्दुराष्ट्रका लागि वार पारको आन्दोलन गर्ने निर्णयमा पुगेको छ ।