Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सचिवालयमात्र छ, सार्क छैन

१३ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । सार्क सचिवालय छ, सार्क छैन । नेपाल अध्यक्ष राष्ट्र हो, सार्कको सचिवालय पनि नेपालमै छ तर सार्क सम्मेलन हुँदैन, कुनै सक्रियता छैन ।
यसपल्ट सार्कको महासचिव हुनेपालो अफगानिस्तानको थियो । अफगानिस्तान सरकारले मान्यता नपाएका कारण पालो मिचेर श्रीलंकापछि महासचिव बंगलादेशले पाएको छ । बंगलादेशका कूटनीतिज्ञ गोलाम सरवार महासचिव नियुक्त भएका छन् । अध्यक्ष नेपालले सार्क सम्मेलनका लागि भारतलाई नमनाएसम्म सार्क सचिवालय सजाउने गमलाका रुपमा सिमित रहनेछ ।
२ महिना अघिमात्र नेपालमा आयोजित सेन्टर फर डिप्लोम्यासी एण्ड डेभलप्मेन्टको सेमिनारमा भारतले प्रदीपकुमार कपुर भन्ने कुटनीतिज्ञलाई सहभागी हुनपठायो । यो सेमिनारमा कपुरले सार्क सार्क औचित्यहीन भइसकेकोले बिघटन गरिदिए हुन्छ भनेर उत्तेजित अभिव्यक्ति दिएका थिए । भारतको चाहना यही हो भन्ने बुझ्न सकिन्छ । सार्क निस्तेज भएको ७ वर्ष भइसक्यो । सुतेको सार्क कहिले ब्यूँझन्छ, कि यत्तिकै समाप्त हुन्छ, स्थिति अन्यौलमा छ ।
नेपालको कूटनीति असफल भयो । दक्षिण एसियामा प्रभावी रहेको भारत सार्क मरेको हेर्न चाहन्छ । भारतकै अनिच्छाका कारण सार्क सम्मेलन हुनसकेको छैन । सबैलाई प्रष्ट छ– भारत र पाकिस्तान ‘दुई छिमेकी मुलुकको असमझदारीले’ सार्क सम्मेलन आयोजना हुन नसकेको हो । १९औंसार्क सम्मेलन पाकिस्तानमा हुने पालो थियो । पाकिस्तान तैयार छ तर भारत मौन बसेर अनिच्छा देखाएकाले सम्भव भइरहेको छैन । पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा लागेको भारतले सार्क सम्मेलन असम्भव बनाइरहेको छ ।
समय क्षेत्रीय स्थिरता, कोरोनाको महामारी, सीमापार आतंकवाद र जलवायु परिवर्तनका मुद्दासँग एकताका साथ मुकाविला गर्नुपर्ने थियो, भारत–पाकिस्तानको दुस्मनीको कालो छायाँ सार्कमाथि प¥यो । हरेक वर्ष आलोपालो सार्क सम्मेलन गर्ने प्रस्तावमा सही गरेको भारत सार्क छोड्न पनि सक्दैन, सक्रिय पार्न पनि चाहिरहेको छैन । अन्तिमपल्ट सार्क शिखर सम्मेलन २०७२ साल मंसिर १० गते नेपालमा भएको थियो ।
भारत पाकिस्तानको उरी र पठानकोठमा १७ सैनिक मारिएपछि भारतले सार्कको बारेमा बोल्न छाडेको हो । भारतले अफगानिस्तान, बंगलादेश र भुटानलाई साथ लिएर र पाकिस्तानलाई आतंकवादी भन्दै २०७३ को सार्क रोकेपछि अगाडि बढ्न सकेको छैन । भारतबाहेकका सदस्य राष्ट्रहरू सार्कलाई सकृया पार्नुपर्ने बताइरहेका छन् । तर भारत...?
नेपालको परराष्ट्र मन्त्रालयको धारणा छ– ‘नेपालले उपयुक्त मञ्चबाट सार्कलाई अघि बढाउनुपर्छ भनेर पहलकदमी गरिरहेको छ, हामी चाँडोभन्दा चाँडो जिम्मेवारी अर्को मुलुकलाई हस्तान्तरण गर्न चाहन्छौं र सबै तहबाट प्रक्रिया अघि बढिरहेको छ ।’ कूटनीतिज्ञहरू भन्छन्– अध्यक्ष र सचिवालय समेत रहेको नेपालले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेकै हो । सार्क अध्यक्ष नेपाल चुकेको छ । स्थिति अब भारत र पाकिस्तानको सहमति कहिले बन्छ र सार्क सम्मेलन र क्षेत्रीय स्थिरताको वातावरण बन्ला भनेर सबैले चिन्ता प्रकट गरिरहेको सुनिन्छ । समाधान निस्केको छैन । पाकिस्तानमा राजनीतिक खिचलो बढेको छ, भारतमा अर्कोवर्ष आवधिक चुनाव आइसकेको छ । नेपाल पनि अनिश्चितता र अराजकताको सिकार भइरहेको छ, स्थिरताको सम्भाबना न्यून छ । यसकारण पनि सार्क सम्मेलन भइहाल्छ भन्न सकिन्न भन्छन् विज्ञहरु ।
भारतले खडा गरेको नयाँ संस्था बिमस्टेक । मुख्य सवाल पाकिस्तानलाई एक्ल्याउन भारतले खडा गरेको बिमस्टेक हो । भारत बिमस्टेकलाई सार्कको विकल्प बनाइरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि खाडी राष्ट्रहरूको समूह (बिमस्टेक) लाईभारतले सक्रिय बनाइरहेको छ । नेपाल पनि यसको सदस्य छ । केही समयअघि भारतको मुखवीरका रुपमा सुरक्षा महानिर्देशक सुजन आर चिनआइले भनेका थिए– पाकिस्तानलाई बाहिर राखेर सार्कलाई अघि बढाउन सकिन्छ । पाकिस्तानलाई साथ लिएर साकृ अघि बढ्न सक्दैन । अर्थात् भारत पाकिस्तानलाइृ एक्ल्याउन दत्तचित्त भएर लागेको छ । दक्षिण एसियाको राजनीतिमा भारतको यो अभिव्यक्ति अर्थपूर्ण रुपमा बहसमा रहेको छ ।
मुख्य सवाल यही छ कि के भारतले सार्कलाई मार्नै खोजेको हो त ? अध्यक्ष रहेको नेपालले सार्क ब्यूँताउन सक्ला ?