Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महासंघ भन्छ– देशको आर्थिक स्वास्थ्य चिन्ताजनक छ

१३ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघले (एफएनसीसीआई) सांसदहरुलाई बोलाएर अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गर्ने गरेको छ । हरेक छलफलमा महासंघले देशको आर्थिक स्वास्थ्य चिन्ताजनक छ भन्ने गरेको छ । तर अनेक पार्टीका अनेक सांसद सुन्छन्, जान्छन्, संसदमा बहस गर्दैनन्, किन ?
महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लोपल्ट डोलप्रसाद अर्यालको नेतृत्वको सांसद प्रतिनिधिमण्डलसँग छलफल गरेको थियो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो दयनीय अवस्थाको बारेमा बताएका थिए । पटक पटक अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक रहेको बताएका थिए । उनले सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फीति, आन्तरिक एवं वाह्य ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजबुत जस्तो देखिए पनि व्यापारघाटा, आयातमुखी अर्थतन्त्र, व्याज दर, बैंकमा तरलता संकट, निर्माण क्षेत्रको सुस्तताका सूचाङ्कले खतराको सङ्केत गरेको उल्लेख गरेका थिए । अर्थतन्त्र संकटमा पर्नुमा सरकार र राष्ट्रबैंकको मौद्रिक नीति बीच सामान्जस्यता नभएकोले हो भनेर पनि बताए । सहकारी र लघुवित्तमा नियमन नहुनुले अर्थजगतमा झन समस्या बढाएको सुनाए ।
महासंघले आगामी दश वर्षमा अर्थतन्त्र एक सय अर्ब डलर पु¥याउने, २२ लाख रोजगारी सृजना गर्ने आदि २०३० सम्मको उद्देश्यमा सरकारले प्रतिवद्धता जनाएकोले प्रत्येक दलले सघाउनु पर्ने भनेर सहयकोगको अपेक्षा पनि गरे । तर नेताहरुले सत्ताकेन्द्रित र द्वेषमिश्रित राजनीति गर्नाले देश राजनीतिक अनिश्चितता र अराजकताको भूमरीमा पर्दै गएको छ । अर्थतन्त्रबारे कसले सोच्ने ?