Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झापामा पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट

०८ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

झापामा पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट, राजसंस्था पुनर्स्थापनाबारे छलफल
काठमाडौं । लामो समय झापामा रहेका पूर्वराजा त्यतैबाट दिल्ली भ्रमण गरेको र मोदीसँग डिनरवार्ता भएको खबर थियो । फर्किएपछि राप्रपाका शीर्ष नेताहरु अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवलशम्शेर राणा झापा पुगेर पूर्वराजासँग विशेष भेटवार्ता गरेका छन् । चैत ८ गतेको यो घटनापछि राजतन्त्र पुनस्र्थापना हुने चर्चा बाक्लिएको छ । यो भेटवार्तामा देशमा बढ्दो आर्थिक अराजकता, चिन्ताजनक आर्थिक र सामाजिक अवस्था लगायतका अन्य समसामयिक परिस्थिति र राजसंस्थाका विषयमा समेत विशेष छलफल भएको बताइन्छ । देशको स्थिति जानकारी लिनकै लागि पूर्वराजाले राप्रपाका नेताहरुलाई बोलाएको एक नेताले जानकारी दिए । अर्थविद लोहनीका अनुसार पूर्वराजाले देशको आर्थिक अवस्थाबारे चिन्तित रहेको बताएका छन् ।
विश्वशक्तिको केन्द्र नेपाल बन्दै गएको र नेपालको परराष्ट्रनीतिमा तरलता आएको देखि आर्थिक, सामाजिक, राजनीतिक, हिन्दुराष्ट र राजसंस्थाको पुनस्र्थापना, राष्ट्रिय एकतामा चिन्ता प्रकटपछि पूर्वराजाले सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन् भन्ने सदासयता राखेको डा.लोहनीको खुलासा रहेको छ ।
यति भइसकेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा राजनीतिक दलहरुले नै निर्णय गर्नुपर्ने पूर्वराजाको धारणा आएको पनि उनको प्रष्टोक्ति रहेको छ । पूर्वराजाको झापामै राजनीतिक भेटवार्ता भइरहेको छ ।