Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बीआरआई सफल बनाउने प्रतिवद्धता

०६ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चीनको बीआरआई सफलताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन प्रायोजित फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले गत बिहीबार  आयोजना गरेको ‘चाइना बेल्ट एण्ड रोड इनिसियटिभको १० ः नेपालको अनुभव’ कार्यक्रमको उद्घाटन गर्दै चीनलाई प्रसन्न पार्ने भाषामा बीआरआई परियोजना कार्यान्वयनमा भएको ढिलाई स्वीकार गरेका छन् र बीआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउने बताएका छन् । यद्यपि बीआरआई आफैमा बिबादित बन्दै गएको छ । 
मन्त्री काजीले बीआरआई परियोजनाअन्तर्गत चीनबाट ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको बताए । ९ वटा परियोजनामध्ये ट्रान्सहिमालय कनेक्टिभिटी बढी आकर्षक रहेको जिकिर गरे ।उपप्रधानमन्त्रीले भने– बीआरआईमा सहभागी हुँदा डेब्ट ट्य्रापमा परिने भ्रममात्र हो ।  भ्रममा पर्दैनौं, आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल पर्नेछैनौं । चिनियाँ राजदुत छन् सोङले नेपालको दीगो विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने बताए । ‘बीआरआई आर्थिक सम्बृद्धिको मञ्च हो, भुराजनीतिको मञ्च होइन ।’ भनेर स्पष्ट पारे । तर पनि बीआरआईका परियोजना के हुन्, यसमा लगानीको मोडल र नेपालका प्राथमिकताका बारेमा पारदर्शी बहस हुनसकेको देखिदैन ।