Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

के नेपाल सुरक्षित रहनसक्ला ?

०६ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

काठमाडौं । चीन र अमेरिकाको सम्बन्ध चिस्सिदै गएको अवस्था, भारत र चीनवीच व्यापार सुमधुर भए पनि कूटनीतिक सम्बन्ध बिग्रदै गएको स्थितिमा चीनविज्ञ रहेका मदन रेग्मीलगायतले प्रश्न उठाएका छन्– के नेपाल सुरक्षित रहनसक्ला ? शक्तिराष्ट्रहरूको क्रसफायरबाट कसरी बच्ने ? वर्तमान सरकारले असंलग्न नीतिलाई अलिकति पनि यताउति हुन दिनु भएन ।
यसैवीच सियोलबाट समाचार सार्वजनिक भएको छ कि प्योङयाङले सबैभन्दा शक्तिशाली, कुनै पनि महादेशमा मार हान्नसक्ने अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको लगत्तै ८ लाखभन्दा बढी उत्तरकोरियाली युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरूद्ध लड्न सेनामा सामेल हुने स्वेच्छाले भाग लिएको सूचना दिएको छ । सियोलको समाचार छ– प्योङयाङको हतियार परीक्षण र बढ्दो आणविक चेतावनीपछि सियोल र वासिङ्टनले सुरक्षा सहयोग बढाएका छन् र यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरू भएको छ ।
यस्तो सैनिक अभ्यासलाई उत्तर कोरियाले आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्दै जवाफमा उसले ‘भारी’ कदम चाल्ने चेतावनी दिएको छ र यस्तो सैन्य अभ्यासले ‘आणविक युद्ध भड्काउने’ प्रयासको रूपमा व्याख्या गरेको छ । केसीएनएले भनेको छ, युवा स्वयंसेवकहरू ‘निर्दयतापूर्वक युद्ध उन्मादलाई सफाया गर्न’ कटिबद्ध छन् । उनीहरू ‘देशको रक्षा’ गर्न सेनामा सामेल भएका हुन् ।”
गत विहीबार प्योङयाङले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास रातो रेखा नजिक पुगेको भन्दै सबैभन्दा ठूलो र शक्तिशाली क्षेप्यास्त्र ह्वासोङ–१७ को परीक्षण गरेको थियो । उत्तर कोरियाका नेता किम जोङ उनले ‘वास्तविक युद्ध’को तयारीका लागि सैन्य अभ्यास तीव्र पार्न पनि आदेश दिएका छन् ।
यस्तो तनावको स्थितिमा नेपालको शान्ति र सुरक्षाको हालत के होला ?