Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गाउँघमा बुढाबुढी छन्, कि केटाकेटी

०२ बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

गाउँघमा सक बुढाबुढी छन्, कि केटाकेटी । उमेर पुगेका युवायुवती कि रोजगारीको खोजीमा भारतका विभिन्न सहर पसेका छन्, कि विदेश जाने चक्कर लगाउँदै राजधानी छिरेका छन् । जसले जस्तोसुकै जोखिम मोलेर पनि वैदेशिक रोजगारीमा जान मरिहत्ते गरिरहेका दृश्य मेनपावर कम्पनीका ढोका अथवा श्रम स्वीकृति दिने कार्यालयहरुमा देख्न सकिन्छ । विश्व बैंकले भनेको छ– आगामी २० वर्षमा नेपालमा कि त बुढाबुढी, कि लालाबालामात्र रहने खतरा छ । यस्तो खतरा जनप्रतिनिधिलाई अनुभूति भएको देखिदैन । हरेक जनप्रतिनिधि कतै न कतै, कुनै न कुनै रुपमा युवायुवतीलाई विदेश पठाउने काममा संलग्न देखिन्छन् । नेपालमा उद्यम, व्यापार दलालीमा परिणत भइसक्यो । वैदेशिक लगानी मुनाफा कमाएर फिर्ता लैजाने बजार बनेको छ । रोजगार सिर्जना भाषणमा सिमित छ । कृषि पेशासमेत सुरक्षित रहेन । यस्तो सरकारका प्रमुख भन्छन्– वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीलाई दुःख नदेऊ । अर्थात युवा निकासी नेपालको सर्वोत्तम नीति बन्न पुग्यो । कठै नेपाल ।