Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

म पनि मधेशकै प्रतिनिधि हुँ

०५ सोमबार , माघ २०७११२ बर्ष अगाडि

 म पनि मधेसकै जनप्रतिनिधि हुँ, माधवजी पनि मधेसबाटै चुनाव जितेर आउनु भएको हो। को हो मधेसको ठकेदार? यसरी जंगिए एमाले अध्यक्ष केपी ओली माघ २ गते बालकोटमा। ओलीले पत्रकारहरुलाई घरमै बोलाएर भने– मधेसबाट ३७ सिट जितेको छ, एमालेले। यो मधेसवादी पाटर्िको जोड्दा तीनगुणा बढी हो। यो एमाले मधेसमैत्री छ, गरिव, दलितहरुको असली प्रतिनिधि एमाले हो भन्ने प्रमाण हो। हामीलाई मधेसविरोधी भनेर नगारा पिट्छन् केही मान्छेहरु। त्यस्ता नगारा पिटेर केही हुनेवाला छैन, एमाले डराउनेवाला छैन। ओलीले राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयस त्रिपाठीहरुलाई संकेत गरेर यसरी हकारे। एमाले स्पष्ट छ भन्दै ओलीले भने: कुनै पनि हालतमा पहाड र मधेस छुट्याउने र जातीय आधारमा संघीयता तथा एक मधेस एक प्रदेश एमालेलाई मानय छैन। दलहरुवीच सहमति नभए माघ ८ त के थुप्रै माघ ८ मा पनि संविधान बन्न सक्दैन। विवादित विषय थाँति राखेर संविधान घोषणा गर्न पनि नमान्ने, सहमति पनि नगर्ने, प्रक्रियालाई पनि बाधा हालेर अग्रगमन हुनसक्छ? म शीर्ष स्तरको वार्तामा सहभागी भइरहेको छु, तर सहमति हुने सम्भाबना म देख्दिन।