Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कोरियन बौद्धतीर्थयात्रीलाई राजदूतको स्वागत

०१ बुधबार , चैत्र २०७९३ बर्ष अगाडि

हजार किलोमिटर हिँडेर दक्षिण कोरियाका २०० बौद्ध तीर्थयात्री लुम्बिनीमा आइपुग्दा राजदूत पार्क चोङ सुकले स्वागत गरेका थिए । स्वागत गर्नेहरुमा सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मैत्तय, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानसमेत थिए । विशेष धन्यवाद दिनुपर्छ– दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय लाई, जहाँ दर्ता बौद्ध संस्थाले २०० कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरु पैदलयात्रामा आएका हुन्, तीर्थयात्रुले विश्वशान्तिका लागि विशेष पूजा आराधनासमेत गरेका छन् ।
कोरियन बुद्धिष्टहरु भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आएका हुन्  । अग्रज भिक्षु छाले विशेष प्रवचनसमेत दिएका थिए ।
यस्ता भ्रमणले नेपाल कोरियावीचको मैत्री सम्बन्ध अरु प्रगाड हुने राजदूत सुङले बताएका छन् । यस्तै भ्रमणले नेपालको पर्यटन उद्यममा समेत योगदान पुग्नेछ, नेपालको बूद्धख्याति बढ्नेछ ।
लुम्बिनी कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायको तर्फबाट स्वागत गर्दै हर्ष प्रकट गरेका थिए । उनका अनुसार फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना मानिन्छ । बुद्धमार्गलाई पछ्याउँदै विश्वशान्तिका लागि एक हजार किमिको दुरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरुका लागि खुशी नै खुशी हो ।
लुम्बिनी विकास कोषका अनुसार यस्तै ठूलो बुद्धिष्ट टोली चीनबाट पनि आउने थाहा भएको छ ।